Bishnu Aryal Verified by kalakar

 Bishnu Aryal
Share this Kalakar:

Biography last updated: 27th May, 2018

Facts of Bishnu Aryal

Profession Actor, Model
Birthday 8th February
Horoscope Aquarius
Rashi NA
Birth Place Gulmi
Education Degree
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 6 inches (1.68m)
Weight NA
Favorite Movie Chino
Favorite Music Kehi Mitho Baat Gara
Favorite Color White
Favorite Place Mustang
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Bishnu Aryal is Actor, Model. He was born on 8th February in Gulmi. His horoscope is Aquarius. His marital status is Single. His height is 5 feet 6 inches. His favorite color is White, favorite movie is Chino, favorite music is Kehi Mitho Baat Gara , favorite food is Nepali Food, favorite place is Mustang.


        अभिनेता, मोडल,उदघोषकको राम्रो उपमा पाएका कलाकार विष्णु अर्याल आमा बेलकुमारी अर्याल र बुवा होम बहादुर अर्यालको कोखवाट थानापती,४—थेर्गा,गुल्मीमा विष्णु अर्यालको जन्म भएको हो ।उनको जन्म दिन माघ २६ गते पर्दछ । उनी भन्दा माथि उनको दिदी छिन र उनी भन्दा तल एकजना भाइ छन । उनको वुवा नेपाल एम्वेसीको कुवेत शाखामा आवद्ध छन । थानापती,४—थेर्गा,गुल्मीमा सुखदमय तरिकाले उनको बाल्यकाल वित्यो । वाल्यवस्थामा सबैसँग मिल्ने, नम्र स्वभावका थिए उनी ।       
          अध्ययनको क्रममा सुरुवातमा आफन्तकोमा बसेर रेसुङ्गा इङ्गलिस वोर्डिङ स्कुलमा कक्षा दुईसम्म अध्ययन गरे पछि घरबाट आउने जाने गरी रेन्वो इङ्गलिस वोर्डिङ स्कुल पढे र उक्त स्कुलवाट एस.एल.सि उत्तिर्ण गरे । कक्षा दुईसम्म स्कुल टपर बनेका उनको पछिका तहमा भने स्कुल टपर नभएपनी राम्रो पोजिशन ल्याउने गर्दथे । विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप हुने गर्दथ्यो उनी त्यसतीर पनी सहभागिता जनाउँदथे । कक्षा नौ र दशमा हुँदा अतिरिक्त क्रियाकलापको हाउस क्याप्टेनको रुपमा दुईवर्ष आवद्ध रहे । कक्षा नौ र दश अध्ययन भन्दा पहिलेका कक्षाहरुमा पनी धेरै साथीभाइ तथा गुरुवर्गहरुले हरेक कार्यक्रममा विष्णुको सहभागिता अनिवार्य चाहिन्छ नत्र कार्यक्रम खल्लो हुने भनेर भन्ने गर्दथे । रेसुङ्गा इङ्गलिस वोर्डिङ स्कुलमा दार्जिलिङका उदय सर, आनन्द सर र रेन्वो इङ्गलिस वोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम ज्ञवाली , रामु पौडेल , विष्णु ज्ञवाली , यज्ञ सर लगायतका सबै सरमिसहरुले सँधैं प्रतिभाको कदर गर्दै प्रोत्साहन गरेको उनी कहिल्यै भुल्दैनन ।
            वि.सं. २०६४ सालमा एस.एल.सि उत्तिर्ण गरेका उनले प्लस टु वुटवलस्थित न्यू होराइजन कलेजबाट उत्तिर्ण गरे । त्यसपछि अध्ययनको शिलशिलामा काठमाण्डौं आएर आफन्तकोमा बसे । लोकन्थलीस्थित ठुल्ममीकोमा बसेर कलेज आउने जाने गर्दथे । लोकन्थलीबाट बानेश्वर सम्मको कलेज टाढा पर्ने भएकोले पछि होस्टलमा बसेर अध्ययन गरे । होस्टलको करिव ४÷५ वर्षको बसाइमा पनी रमाइलो अनुभव भएको सुनाउँछन । होस्टलमा कोहि संगीतप्रेमी कोही प्रकृतिप्रेमी भिन्न भिन्न स्वभावका साथीहरुको भेटघाट पनी हुनेगर्दथ्यो ।  स्कुल तहमा छँदा आफ्नो प्रतिभा हो प्रस्तुत गर्नुपर्छ भन्ने लाग्दथ्यो तर पछि भविष्यमा यस्तो बन्छु उस्तो बन्छु भन्ने सोचाइ चाहि नआएको उनी बताउँछन । कलाकारीता पेशामा लाग्छु भनेर व्याचलर अध्ययनताका सोच पलाएको उनको पहिले देखि भने राम्रो राम्रो लुगा लगाउन मन पर्ने, स्टाइलिस हुनुपर्ने , फोटोहरु पोज पोजमा खिच्नुपर्ने विशेषता थिए । कलेजमा साथीहरुले लुक्स, हाइट सबैले साथ दिएकोले मोडलिङमा लाग्न अभिप्रेरित गर्दथे त्यसैले उनले पनी आफुमा केहि प्रतिभा भएको कारणले अब लाग्नपर्छ भन्ने सोच पलायो । 
          उनले इको फ्रेन्डली कम्पनी तथा सहकारीमा पनी आवद्ध भएर काम गरे । काममा आउँदा जाँदा बाटोमा एक दुईजना दाइहरुले मोडलिङमा लाग्नपर्छ भन्ने उत्प्रेरणा दिने गर्थे त्यही कारणले आफुलाई पनी थप उत्साह हुन्थ्यो । उनको मोडलिङमा डेव्यु गरेको पहिलो गीत “तिमी आकाशको जुन वनी” (०७१) हो । यो गीतमा काम गरेपछि अव म मोडलिङमा नियमित लाग्छु भन्ने उनमा सोच पलायो र जयनसुव्वा मानन्धरको पुतलीसडकमा रहेको मोडलिङ एजेन्सि “दि ¥याम्प” बाट ट्रेनिङ लिए ।  पहिलो गीतमा अभिनय हेरेर आफन्त , साथीभाई लगायत सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए उनलाइ जसबाट यो क्षेत्रमा अघि बढ्न सहजता भयो । त्यसपछि चन्द्र सुर्य (०७२), स्याङ स्याङ रे (०७३) गीतहरुमा पनी मोडलिङरे । यसको अलवा विज्ञापनमा पनी अभिनय गरेका छन । रेडवुल, ग्क्ब्क्ष्म् स्वस्थ दम्पत्ति , त्द्यऋ क्गल एचयतभअतष्यल ऋचभबm, थ्बmबजब ँश् द्दछण् ।यी विज्ञापनमा उनको अभिनय छ । यस्तै कार्यहरु गर्दै जाँदा उनी विविद्य संघसंस्थाबाट सम्मानित भएका छन । स्मार्ट प्रिजेन्टर सम्मान (एपेक्स कलेज) २०६९,ल्भहत ःयमभ िल्भउब िको तर्फवाट बेष्ट सोसल वर्कर अवार्ड  (२०७१ )  , ल्भहत ःयमभ िल्भउब िको तर्फवाट ःयमभ िइा त्जभ थ्भबच त्यउ घ  (२०७२ )  बाट सम्मानित भएका छन ।             
       मोडलिङ सँगसँगै मुभिमा पनी कुरा आइरहेको थियो । मुभिको लागि धेरै अभ्यास गरेर मात्र लाग्नुपर्छ भन्ने सोचले धरै कुराहरु सिके । कुनै काममा भेट भएको एकजना दिदी जो दिदीले उनलाई भाइ बनाएका छन जो दिदी मेकअप आर्टिष्ट छन । मेकअप आर्टिष्ट दिदीले एकजना प्रोडक्सन म्यानेजर सँग मेरो एकजना भाई छ तपाइहरुलाई फिट हुन्छ भने कुरा गर्नुस भनेर कुरा राखेछन । कामको शिलशिलामा विरगञ्ज पुगेका उनलाई फोन आयो । तीनदिनपछि काठमाण्डौं आएर भेटघाट गरे । डाइरेक्टर , प्रोडक्सन म्यानेजर लगायतको सल्लाह बमोजिम धेरैहरुबाट उनीचाहिँ क्यारेक्टरमा फिट हुने भनेर उनलाई छनौट गरियो । “लखपति माग्ने” फिल्ममा उनी मुख्य अभिनेता रहेका छन । अब निरन्तर रुपमा फिल्मी क्षेत्रमा लाग्ने उनको सोच छ । विविद्य कार्यक्रमहरुमा उदघोषक रुपमा परिचित हुँदै आएका उनी नेपाल लोक आइडल २०७५ को होस्टको रुपमा पनी देखिदैछन । 

No information available.