Arjun Pokharel Verified by kalakar

Arjun Pokharel
Share this Kalakar:

Biography last updated: 11th Nov, 2017

Facts of Arjun Pokharel

Profession Singer, Song Writer, Music Director, Musician
Birthday 2nd October
Horoscope Libra
Rashi NA
Birth Place Chitwan
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie Prem Geet
Favorite Music Timi Royeko Pal
Favorite Color NA
Favorite Place Chitwan
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Arjun Pokharel is Singer, Song Writer, Music Director, Musician. He was born on 2nd October in Chitwan. His horoscope is Libra. His marital status is Married. His favorite movie is Prem Geet, favorite music is Timi Royeko Pal, favorite food is Nepali Food, favorite place is Chitwan. He has recently been involved in movie Kohalpur Express, Johnny Gentleman, Kanchhi.

अर्जुन पोखरेल नेपाली संगीतको जिवित अजर नाम हो । चितवनमा जन्मिएका अर्जुन एउटै गीतबाट १५ वटा अवार्ड जित्ने संगीकार हुन् । सानै देखि गाउने उनी बाल्यकालमा उनी बुवा र आमासँगै भजन र बालन गाउँथे । 
सानोमा उनी दोहोरी भनेपछि हुरुक्कै हुने उनले विसं. २०६१ सालमा रेकर्ड गरेको पहिलो गीत पनि लोक गीत नै थियो । उनले पहिलो गीतबाटै कालिका अवार्ड प्राप्त गरेका थिए ।
 
ललितकला र इलाहाबादबाट संगीतको औपचारिक शिक्षा लिएका उनले पछि आँफैले पनि थुप्रै इन्ट्च्यिुटमा संगीत अध्यापन गराए । 

एल्बमका गीतको प्रोमोशन गर्न गाह्रो हुने बुझेका उनी चलचित्रका गीतमा संगीत गर्न सकियो भने राम्रो हुन्छ भन्ने थियो । त्यसैले उनले त्यो बेला थुप्रै चलचित्रका निर्देशक तथा निर्मातालाई आफूले तयार पारेको संगीत सुनिदन आग्रह गरे । कतिले सुने तर लिएनन् । 

उनले राजु गिरीको चलचित्र दिलमायाँमा पहिलोपटक चलचित्रका लागि गीत गाए । त्यही चलचित्रको गीतबाट उनी क्लिक भए । राजु गिरीकै बिन्दास चलचित्रमा उनले बाटो मोडेर गयौ... बोलको गीत तयार पारे । यो गीतले अर्जुनलाई सुपरहिट बनायो । 

त्यसयता उनले फर्किएर हेर्नु परेन । चलचित्रमा उनलाई संगीत गराउन निर्देशक निर्माता क्यूमा बस्छन् । प्रेम गीतको गीत, म यस्तो गीत गाउँमा उनकै संगीत छ । चलचित्र ऐश्वर्यको गीत तिमी रोएको पलको संगीत अर्जुन पोखरेलले गरेका हुन् ।

एउटा समय थियो । मान्छेहरु भन्थे, चलचित्रका गीत बर्खाको भेल हुन् । अर्थात कालजयी हुँदैनन् । त्यस्तै पनि थियो । तर, अर्जुन पोखरेलले चलचित्रका गीत गाउन थाले । त्यस यता आधुनिक गीत भन्दा चलचित्रका गीत कालजयी हुने मेलोडीमा तयार हुन थालेका छन् । उनले २०७२ को कात्तिकसम्म ३३ वटा अवार्ड पाइसकेका छन् । 

 

View All