Arun Thapa

Arun Thapa
Share this Kalakar:

Biography last updated: 6th Dec, 2017

Facts of Arun Thapa

Profession Singer
Birthday 1st January
Died 22nd July, 1999 (Age 68)
Horoscope Capricorn
Rashi NA
Birth Place Calcutta, India
Education NA
Current Involvement NA
Years active 1970 - 1999
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Arun Thapa is Singer. He was born on 1st January in Calcutta, India. His horoscope is Capricorn. His marital status is Married.

गायक अरुण थापाले नेपाली सांगीतिक उद्योगमा जम्मा तीन दर्जन गीत मात्रै गाए । गाए भन्दा पनि गाउन भ्याए भन्दा सायद न्याय होला उनका लागि । किनकी उनको मृत्यु ४७ वर्षको अल्पायुमै भयो । 
थोरै गीत गाएर पनि जनताको मनमा राज गर्ने गायक हुन् उनी । संख्या हैन गुणस्तरले कलाकारलाई अमर अजर बनाउँछ भनेर प्रमाणित गर्ने गायक हुन् अरुण, त्यसैले त उनलाई वियोगको बादशाह भन्छन् । 
भारतमा जन्मिए पनि उनको स्कुलिङ नेपालमै भयो । एसएलसीसम्म काठमाडौंमा पढेका उनले बाँकी पढाई पृथ्वीनारायण कलेज पोखराबाट गरेका गरेका थिए । सांगीतिक क्षेत्रमा आउनु अगाडि अरुण नेपाल बैंक लिमिटेडमा काम गर्थे । 
उनले गाएका वियोगान्त गीत जस्तै रह्यो उनको पारिवारिक जीवन पनि । प्रेममा परेपछि भएको विवाह, परिवारले त्यसमा सिर्जना गरेको अवरोध र त्यसले अरुणमा पुर्याएको चोटका प्रतिविम्ब उनका गीत । विछोड र दर्द जसरी उनका गीतमा भेटिन्छ त्यस्तै हो समग्रमा उनको जीवन । 


जति माया लाए पनि, साझको जुन सँग, भुलु भुलु लाग्यो मलाई, बितेका मेरा तिता मिठा, ऋतुहरूमा तिमी, दोष कसैलाई दिन चाहन्न, चोट के हो व्यथा के हो, अरु सँग नजोख मलाई, जिन्दगी के छ र आखिर, तिमी हेर्छौ भने, न पोखिने न जोखिने, आँखाको निद खोशी लाने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका का यात्राहरु, यो मन को के भर हुन्छ बोलका गीतहरु उनका चर्चित गीत हुन् । 
उनले सन् १९७१ सालमा पहिलोपटक रेडियो नेपालमा गीत गाएका थिए । जति मायाँ लाए पनि... उनलाई चिनाउने पहिलो गीत हो । 

पारिवारिक पीडाबाट छट्पटिएर हिँडेका अरुणको स्वर खुब राम्रो थियो । अरुणसँग सुरेन्द्र केसी (मुलाको साग) को दोस्ती थियो । 
उनीहरु दिनहुँ भेट्थे । सँगै टहलिन्थे । नशामा झुम्थे र अबेर राती मात्रै छुटिन्थे । अरुणले यो समयसम्म ‘जती कसम खाए पनि’ गाइसकेका थिए । तर त्यती धेरै हिट भने भइसकेका थिएनन् ।
त्यो समय रिंगरोड भर्खर बन्दै थियो । एक दिन उनीहरु घुम्दै रिङरोड छेउमा पुगेका थिए । रोड छेउको दुबे चउरमा बसे । केसीले तीन रुपैयाँमा सितन किने, अरुणले भट्टीबाट लोकल रक्सि ल्याए । र, दुबै जना पिउन थाले । त्यही चौरमा लोकल पिउँदै अरुणले ‘चोट के हो ब्यथा के हो’ गीत तयार पारे । केसीलाई कस्तो छ ? भनेर सोधे । उनलाई पनि मन पर्यो । राम्रो छ भने । त्यसरी तयार भयो ‘चोट के हो, ब्यथा के हो’ । पछि त्यही गीत कालजयी बन्यो । सिङगो युग हाँक्ने गीत बन्यो । अरुणलाई वियोगको बादशाह बनायो ।
परिवारबाटै चोट पाएका अरुणसँगका थुप्रै तीता मीठा स्मरण छन्, केसीसँग । कति भन्न हुने कति भन्न नमिल्ने । “परिवारकै कारण अरुण दाई मरेर गयो । उसका धेरै कुरा नगरुँ”, यति भन्दै गर्दा उनको स्वर आद्र भयो, “दाइले दोस्रो विहे मेरै टोलकी बहिनीसँग ग¥यो । तर त्यो पनि सफल भएन । उसलाई चोटे चोटले लग्यो ।”


अरुणका गीतहरु हिट हुन थालेका थिए । थापाथलीमा मुगल महल रेष्टुरन्ट थियो । त्यो बेलाको ए क्लासको रेस्टुरेन्ट थियो त्यो । त्यसको मेनेजमेन्ट केसीले हेर्थे । परिवारबाट कलाकारिता मात्रै गरेर केही हुँदैन भनेर दबाब आएपछि केसीले त्यहाँ काम गर्न थालेका थिए । त्यहाँ काम गर्न थालेपछि अरुणसँग उनको भेट पातलिएको थियो ।


“तर अरुण दाई मलाई भेट्न रेष्टुरेन्टमा आइरहन्थ्यो । बाहिर बस्ने गार्डलाई म सुरेन्द्रलाई भेट्न आएको भनेपछि उ सिधै मेरै कोठामा आइपुग्थ्यो । मलाई साह्रै भोक लागेको छ भन्थ्यो । मैले उसलाई के खान मन लागेको छ भनेर सोध्थें । र उसलाई टन्न खुवाउथेँ”, केसी सम्झन्छन्, “मुगल रेष्टुरेन्टमा रामा मण्डल, प्रवीण गुरुङ, इन्द्रजीत मिजार, सपना परियार, अमर तण्डुकार साँझ गजल गाउनुहुन्थ्यो । उहाँहरुले अरु कसैलाई गाउन नदिने । अरुण आएर म गीत गाउँछु भन्ने म सँग । तर मैले भनेपछि उहाँहरु नाई भन्न नसक्ने । आफूले सँधै गाउँदै आएको रेष्टुरेण्टबाट अरुले गाएर पैसा लिएर गाएको उहाँहरुलाई मन नपरेको म बुझ्थें । तर अरुणलाई पनि म नाईं भन्न सक्दिन थिएँ । अरुण स्टेजमा गएर तीन चार वटा हिन्दी गजल र आफ्ना दुई तीन वटा गीत गाउँथ्यो । गेष्टहरुबाट ९ सय देखि १ एक हजारसम्म पैसा झथ्र्यो । स्टेजबाट सबैलाई धन्यबाद दिने र त्यो पैसा लिएर एक हप्तासम्म हराउने । बागबजारमा गेष्ट हाउसमा बस्थ्यो । यो प्रक्रिया लामै चल्यो । पछि एक दिन अरुण बागबजारको गेष्टहाउसमै मर्यो भन्ने खबर आयो । वर्षौ सँगै हिँडेको साथीको निधनको खबर सुनेर म बिछिप्त जस्तै भएँ । उ के कारणले मर्यो मलाई थाहा थियो । त्यसैले त्यो बिजोग हेर्न जान पनि सकिन । म उसको अन्तिम बिदाइका लागि गइन । मैले उसको मुख हेर्न आँट गर्न सकिन । किन म जान सकिँन आज पनि मलाई थाहा छैन ।”

 

No information available.

Arun Thapa Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events