Aruna Lama

Aruna Lama
Share this Kalakar:

Biography last updated: 8th Dec, 2017

Facts of Aruna Lama

Profession Singer
Birthday 9th September
Died 4th February, 1998 (Age 74)
Horoscope Virgo
Rashi NA
Birth Place Darjeeling, British India
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Aruna Lama is Singer. She was born on 9th September in Darjeeling, British India. Her horoscope is Virgo. Her marital status is Married.

अरुणा लामा नेपाली संगीतकी स्वर किन्नरी हुन् । तत्कालीन नेपाली सांगीतिक उद्योगका सिमित गायिकाको सूचीमा अग्रपंक्तिमा रहेको नाम हो, अरुणा लामा । 
दार्जीलिङको घूम पहाडमा जन्मिएकी उनले काठमाडौं आएर संघर्ष गरिन् र यही राजधानीलाई आफ्नो कर्मथलो बनाइन् । यद्यपी उनी भारतको पश्चिम बंगाल दार्जीलिङमा सरकारी नोकरी गर्थिन् । गायनको कर्मथोले भने उनको नेपाल नै हो । 


लामा बियोग, वेदना, पीडा, र व्यथाका गीतकी साम्राज्ञी हुन् । 
काका सिबि लामाबाट प्रेरित भएकी उनी ७ वर्षको कलिलो उमेरदेखि नै गीत गाउन सुरु गरेकी थिइन् । ११ वर्षको उमेरमा उनले गोर्खा दुःख निवारक सम्मेलनद्वारा आयोजित सांगीतिक प्रतियोगीतामा उनले अवार्ड जितेकी थिइन् । 


लामा पहिलो गीतबाटै सफलता हात पार्ने भाग्यमानी गायिका हुन् । उनको पहिलो गीत थियो,–ए कान्छा मलाई सुनको तारा खसाईदेउ न...। यो गीतले नै उनलाई सांगीतिक उचाई दिएको थियो । यो गीत सन् १९५६ मा रेडियो नेपालमा प्रशारण भएको थियो । 
सन् १९५८ बाट उनी संगीतकार अम्बर गुरुङको सांगीतिक साथ पाएपछि उनको गायन यात्रा झनै चम्कियो । । उनको रेकर्डिङ भएको पहिलो गीत अम्बर गुरुङको संगीतमा थियो, जसमा शब्द भुपि शेरचनको थियो । यो गीत सन् १९६१ मा रेकर्ड भएको हो ।


दार्जिलिङमा बसेर उनले अम्बर गुरुङ, गोपाल योञ्जन, शान्ति ठटाल, दिव्य खालिङ लगायतका संगीतकारहरुसँग काम गरिन् 
उनका चर्चित गीतहरुमा ए कान्छा..., फूललाई सोधेँ..., पोहोर साल खुशी फाट्दा..., हेर न हेर कान्छा..., लहरे बर घुमाउने चौतारी..., एक्लै बस्दा..., हिमालसरी म अग्लिरहेछु..., उदास मेरो जीवन कथा..., सबैले भन्थे..., उडी जाऊँ भनें म पंछी होइन..., लगायत हुन् । उनका सयौं गीत रेकर्ड छन् । आधुपनक, लोक तथा चलचित्रका गीत उनले गाएकी छन् । 
सन् १९६३ मा नेपालका संगीतकर्मी शरण प्रधानसँग बिहे गरेपनि सन् १९७४ मा श्रीमानको मृत्यु भएपछि अरुणाको काँधमा पारिवारिक दायित्व आएको थियो । उनको मृत्यु सन् १९९८ मा भयो ।

 

No information available.

Aruna Lama Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events