Basudev Munal

Basudev Munal
Share this Kalakar:

Biography last updated: 8th Oct, 2017

Facts of Basudev Munal

Profession RJ, Singer
Birthday NA
Horoscope NA
Rashi NA
Birth Place Biratnagar
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 2 inches (1.57m)
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place Kathmandu
Favorite Food Haluwa
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Basudev Munal is RJ, Singer. His marital status is Married. His height is 5 feet 2 inches. His favorite food is Haluwa, favorite place is Kathmandu.

मेरो उपचार गराइदेउ सरकार म मर्न चहान्न भन्दा भँदै बरिष्ठ गायक तथा रोडियो प्रस्तोता बासुदेब मुनालको निधन भयो । २०६४ सालमा मस्तिष्क घात भएपछि राम्रोसँग तंग्रिन नसकेका उनको क्यानसरका कारण २०७४ साल असोज १२ गते उनको निधन भयो । 
उनको जन्म विसं. २००६ मा बिराटनगरमा भएको थियो । ३२ वर्ष रेडियो नेपालमा कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका उनले मस्तिक भात भएपति रेडियोको जागिर छोडेर आफ्नो उपचार गरेका थिए । उनले सञ्चालन गर्ने बाल कार्यक्रम रेडियो नेपालको लोकप्रिय कार्यक्रम थियो । 
राजबिराजमा तत्कालीन राजा महेन्द्रको सवारी हुनेभयो । राजालाई स्वागतगान गाएर स्वागत गर्ने सोच तत्कालीन अञ्चलाधिश मेन्टोजङ्ग राणालाई आयो र उनले गीत गाउने मान्छे खोज्न थाले । त्यही क्रममा मुनाल र प्रेम भन्ने अर्का एक बालक छनोट भए । राजा राजविराज पुगे । मुनाल र प्रेमले राजालाई स्वागतगानले स्वागत गरे । 
स्वागत गान थियो,–हाम्रो बन्दनीय नेपाल रे, अभिन्ननदी नेपाल, तिम्रो कृतीको गाथा गाउँ, गौरवमय नेपाल, बन्दनीय नेपाल । 
त्यही थियो उनको पहिलो गीत । जुन धेरेले सुनेका थिए । 
पुर्षोत्तम सापकोटा एक दिन बिराटनगर पुगेका थिए । उनले बासुदेवलाई आफूलाई लोक गीत चाहिएको भन्दै छ भने दिन आग्रह गरे । मुनालले हुन्छ कति खेर आउँ भने । सापकोटाले राती आउ सुनसानमा रेकर्ड गरौंला भने । 
उनले अब गीत रेकर्ड गर्न रेडियो नेपाल जाने भनेर घरमा सुनाए । “बाख्रा झर्यो भीरै भीर भैसी झर्यो खोला गोठालाले गाको गीत नविर्सनु होला ।”
यो गीत लिएर सपकोटा काठमाडौं आए । रेडियो नेपालमा यो गीत नाती काजीले सुनेपछि उनले मुनाललाई गीत रेकडए गराउन काठमाडौं बोलाउन भने । पुरुषोतमले मुनाललाई फोन गरेर भने, “तपाईं काठमाडौं आउनु पर्यो ।” 
मुनालले भने, किन ?
सापकोटाले भने,–गीत रेकर्ड गर्न । 
उनको जागिर पनि खान थाले रेडियोमा । उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’, ‘ढुकुर कुरकुर लगायत दर्जनौं चर्चित गीत गाए । 

No information available.

Basudev Munal Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events