Gopal Yonzon

Gopal Yonzon
Share this Kalakar:

Biography last updated: 14th Dec, 2017

Facts of Gopal Yonzon

Profession Singer, Editor, Musician, Song Writer
Birthday 26th August
Died 20th May, 1997 (Age 75)
Horoscope Virgo
Rashi NA
Birth Place Darjeeling, India
Education NA
Current Involvement NA
Years active 1960 - 1990
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Gopal Yonzon is Singer, Editor, Musician, Song Writer. He was born on 26th August in Darjeeling, India. His horoscope is Virgo. His marital status is Married.

नेपाली सांगीतिक उद्योगका शिखर पुरुष हुन् गोपाल योञ्जन । संगीतका तीन वटै विधा, गायन, रचना र संगीतमा अब्बल व्यक्ति हुन् उनको जन्म भने दार्जिलिङमा भएको थियो । जन्म दार्जिलिङ भए पनि उनले कर्म थलो भने नेपाली भूमीलाई बनाए । उनलाई नेपाली संगीले स्थापित मात्र गरेन उनले पनि नेपाली सांगीतिक उद्योगलाई ठूलो गुन लाए ।  


झण्डै ५ सय गीतमा संगीत भरेका उनले सयौं गीत गाएका छन् । उनका सयौं गीत लोकप्रिय छन् । लौ सुन म भन्छु मेरो राम कहानी..., मेरो टोपी कैलाशको शिरजस्तो..., तिम्रा जस्तो मुटु मेरो पनि..., बनेको छ पहराले यो छाति मेरो..., मखमली चोलो चाहिंदैन..., ए मलाई माया गर्छु भन्नेहरु..., मेरो गीत मैरै प्रतिबिम्ब होइन..., मैले पुण्य मनपराएँ वा पाप..., पहिलो पप गीत भनेर चिनिएको मलाई माफ गरिदेउ.... उनका गीत चर्चित हुन् ।
उनले आधुनिक गीतमा मात्रै होइन नेपाली चलचित्रमा पनि संगीत भरेका छन् । सिन्दुर, कान्छी, अर्को जन्म, पहिलो प्रेम, विश्वास र राँकोमा पनि संगीत दिएका थिए । 


बनेको छ पहराले यो छाती मेरो..., मेरो टोपी कैलाशको शिरजस्तो..., देशले रगत मागे मलाई बलि चढाऊ, नेपाली हुन पूर्व जन्मको कमाइले पुग्दैन लगायतका लोकप्रिय गीतमा स्वर, सङ्गीत र शब्द गोपाल योञ्जन आफ्नै हो । 
गोपाल योञ्जनका राष्ट्रिय गीतका शब्दहरू जति परिपक्व छन् त्यती नै ती गीतमा भावहरू समेटिएको छ । उनका राष्ट्रिय गीतमा राष्ट्रको एउटा सिङ्गो मुटु, नेपालीको स्वाभिमान र नेपाली जातिको पहिचान भेटिन्छ । 
गोपाल योञ्जन १० महिनाको हुँदा उनका बुबा स्वर्गीय भएका थिए । गोपाललाई उनकी आमा डाक्टर बनाउने सोचमा थिइन् । गोपाल योञ्जनलाई स्थानीय सेन्ट जोसेफ कलेजमा भर्ना गरियो । तर उनी विज्ञान विषय लिएर पढ्न मानेनन् । उनले  आमाका खुट्टा समाएर घोप्टो परे र भने, “आमा ! मलाई मैले जानेको विषय नै पढाऊनुस् म कुनै हालतमा डाक्टर बन्न सक्तिनँ ।”
गोपाल दार्जिलिङको लोक मनोरञ्जनमा बाँसुरी वादकको पदमा काम गर्न थाले । 


नगेन्द्र थापासँग चिनजान भएपछि गोपाल २४ वर्षको उमेरमा नेपाल छिरे । नेपाल भित्रिएको तीन वर्ष विसं. २०२७ सालमा यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए. उत्तीर्ण गरे । बनारसबाट यिनले भारतीय शास्त्रीय सङ्गीतमा स्नातक पनि गरेका थिए । 
उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राध्यापन पेसामा पनि संलग्न भए ।


गोपाल योञ्जन गीतकार, संगीतकार र गायक मात्र्र थिएनन् उनले संगीत विषयक ‘सङ्गीताञ्जलि’ र ‘गीतमञ्जरी’ नामक दुई वटा पुस्तक पनि लेखे । 
नारायणगोपालले गोपाल योञ्जनको प्रसिद्धि ईश्वरवल्लभबाट सुनेका थिए । त्यसैले नारायणगोपाल गोपाल योञ्जनलाई भेट्न दार्जिलिङ पुगेका थिए । आफ्ना मनपर्ने गायकलाई आफ्ना घरमा भेट्ता त्यतिखेर गोपाल योञ्जन छक्क परेका थिए । त्यसपछि उनीनीहरूको सम्बन्ध सँधै नजिकको रह्यो । दापर्जलिङकै महाङ्कालमन्दिरमा गोपाल र नारायणको मित लगाएका थिए । 


कुनै समय थियो, अधिकांश गीतमा गोपाल योञ्जनकै शब्द र सङ्गीत हुन्थ्यो भने ती गीतमा नारायण गोपालकै स्वर हुन्थ्यो । 
गोपाल योञ्जनले सुप्रबल गोरखादक्षिण बाहु, रेडियो नेपाल र शाही नेपाल चलचित्र संस्थानबाट उत्कृष्ट सङ्गीतकार, छिन्नलता गीत पुरस्कार पाएका थिए । 

 

No information available.

Gopal Yonzon Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events