Hari Prasad Rimal

Hari Prasad Rimal
Share this Kalakar:

Biography last updated: 31st Aug, 2018

Facts of Hari Prasad Rimal

Profession Actor
Birthday 21st September
Died 31st August, 2018 (Age 36)
Horoscope Virgo
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Hari Prasad Rimal is Actor. He was born on 21st September in Kathmandu. His horoscope is Virgo. His marital status is Married.

थोरै गीत गाएर पनि इतिहास रच्न सफल गाएका हुन् हरिप्रसाद रिमाल । उनले जति गीत गाए ती सबै स्रोताले मन पराए । हरिप्रसाद गाए जति सबै गीत हिट हुने भाग्यमानी गायक त हुँदै हुन् त्यस अलावा उनीसँग जोडिएर आएको अर्को इतिहास पनि छ । रेडियो नेपालका पहिलो गायक हुन् हरिप्रसाद रिमाल । वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुवा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालको साइँला छोरा थिए । उनको ०७५ भदौ १५ गते राति १ बजे निधन भयो ।  


वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् ।  
रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शंकर लामिछानेको रचना ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ...’ बोलका गीतमा उनले स्वर र संगीत भरेका थिए ।  यही गीत गाएर उनी नेपालका प्रथम गायक बन्ने मौका पाएका थिए । यो गीत उनले ००७ साल चैत २० गते रेडियो प्रशारण भएको पहिलो दिन प्रत्यक्ष प्रशारणमा गाएका थिए ।


‘फगत एक नजरमा कसैले लियो मन...’ केशवराज पिँडालीको स्वरमा रेकर्ड भएको पहिलो गीत थियो । यो गीत २०२३ सालमा उनले रेकर्ड गरेका थिए । उनका अन्य लोकप्रिय गीतहरू ‘बिना बादल असिना आउँदैन...’, ‘हातै काट्यो चालिसे चुराले...’ यी दुबै गीत प्रदीप रिमालको रचनामा उनले गाएका थिए । ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई...’–लक्ष्मण लोहनीको रचनामा, ‘आँसु बहाऊँ...’ म.वी.वि.शाहको रचनामा उनले गाएका थिए । ‘पवनले फूललाई...’ तारिणीप्रसाद कोइरालाको शब्द रचनामा गीत गाएका उनले ‘जाऊँ हामी बादलपारि...’ नीरविक्रम प्यासीको रचनामा गाएको मुकारुङ स्मरण गर्छन् । गीत–सङ्गीतमा सक्रिय रहँदारहँदै नाटककार बालकृष्ण समको सम्पर्कमा आएपछि भने गायक रिमाल नाटक–अभिनय र निर्देशनतर्फ मोडिएका थिए । 


रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।  
गायन, निर्देशन, संगीत र अभिनय सबैमा उनी अब्बल् थिए ।  बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भिमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गरेका थिए । 
नेवारी भाषासमेत बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन पनि गरेका थिए । गायनसँगै उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक)लाई शिखरमा पु‍र्याउने काम गरेका थिए । उनले २००७ सालबाट २०५३ सालसम्म रेडियो नेपालमा जागिर खाएका थिए । 

 

No information available.

Hari Prasad Rimal Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events