Himal Sagar Gautam Verified by kalakar

Himal Sagar Gautam
Share this Kalakar:

Biography last updated: 7th Nov, 2017

Facts of Himal Sagar Gautam

Profession Singer, Lyricist, Music Composer
Birthday 24th October
Horoscope Scorpio
Rashi NA
Birth Place Jhapa
Education Tribhuwan University
Current Involvement NA
Years active 2005 – Present
Marital Status Single
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Himal Sagar Gautam is Singer, Lyricist, Music Composer. He was born on 24th October in Jhapa. His horoscope is Scorpio. His marital status is Single.

 “न उनले लेखिन न मैले लेखें खै कस्ले लेख्यो आँशुसरी जिन्दगीको मेरो कथा” यो गीत गाएर ख्याती कमाएका गायक हुन हिमाल सागर । खास नाम भने हिमाल गौतम हो उनको तर उनलाई सागर नाम धेरै मन पर्नी भएकोले यो उपनाम राखेका हुन ।  झापा—४,वनियानीमा वि.सं. २०३७ साल कात्तिक ८ गते जन्मिएका उनी सानोमा एक्लोपनामा बस्न रुचाउने, धेरै साथीभाइहरु बनाउन नरुचाउने, एक्लै एक्लै खेल्ने बस्ने र घमण्डि स्वभावका थिए । 

    पछि पछि यो स्वभावमा परिवर्तन भई साथीभाइसँग बस्ने, फुटवल खेल्ने गर्दथे । श्री लक्ष्मी माध्यमिक विद्यालय वनियानीमा अध्ययनरत उनी विद्यालयका विविध कार्यक्रमहरुमा सहभागि हुन्थे । उनलाइ अझै याद छ चार कक्षामा पढ्दा पहिलो पटक उकाली ओराली गर्दै बोलको गीत गाएका थिए । सबै शिक्षक तथा साथीभाइहरुले उनको स्वरको तारीफ समेत गरेका थिए ।  श्री लक्ष्मी माध्यमिक विद्यालयबाट एस.एल.सी उत्तिर्ण गरेका उनी मेची बहुमुखि क्याम्पस भद्रपुर झापामा उच्च शिक्षा अध्ययनका लागि भर्ना भए । उनको आमा सामाजिक कार्यमा र वुवा शिक्षण पेशामा संलग्न भएकोले पारिवारीक माहोल नै बुझ्ने भएकोले पढ्न र गीतसंगीतको क्षेत्रमा लाग्नका लागि सहज भयो । मेची बहुमुखि क्याम्पसको विविध सांस्कृतिक कार्यक्रमहरुमा पनी सहभागि हुन्थे । तिहारमा काठमाण्डौंमा भएको दिदिको हातबाट टिका थाप्न आउँदा मामाका छोरा र आफन्तसँग भेटेका उनलाइ फाइदा पनी भयो ।

उनीहरुको सल्लाह बमोजिम २०५८ सालदेखि काठमाण्डौंमै वसेर गीतसंगीतको क्षेत्रमा लाग्ने सपना पुरा गर्नतर्फ लागे ।  २०५९ सालदेखि एसियन हिमालय पाठशाला जमलमा सन्त वहादुर गौतमसँग संगीत सिक्न थाले । संगीत सिक्दै गीत रेकर्ड गर्नतर्फ लागे । ०५९ सालमै उनको पहिलो एल्वम रिलेसन धौलागिरी क्यासेट सेन्टर मार्फत बजारमा आयो जुन गीत काठमाण्डौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो तर गीत तीन महिनासम्म चलेन र बिकेन पनी जस्ले गर्दा उनमा निराशा पैदा भयो । गीतको प्रचार प्रसारका लागि दिनरात नभनी धेरै ठाउँमा पुगे । क्रमश गीतले गति लिन थाल्यो पछि पछि सर्वत्र चर्चामा रह्यो । जुन गीतको अडियो क्यासेट ९५,००० विक्यो । वि.सं. २०६२ मा “फर यू” एल्वम को गीत “मेरो माया मारेपछि तिमी त अचेल दामि भएछौ, धेरैधेरैले चर्चा गर्ने तिमी त अचेल नामि भएछौ ” गीत अत्यधिक चर्चामा रहन सफल भयो । “तिमिले माया नगरे तिमिले वास्तै नगरे म त तिम्लाई नै माया गर्छु ” बोलको गीत चर्चामा रह्यो । वि.सं. २०६५ सालमा “त्यो दिन ” एल्वम सार्वजनिक गरे । “मेरो मनमा आगो लाउने त्यो तिम्रो छातीभित्र पनी आगो दन्कियोस् , सँधैभरि माया पाउन मुटु चर्कियोस्”  “त्यो दिन ” एल्वमको गीतले धेरै स्रोताको मन जित्न सफल भयो । वि.सं. २०६७ मा “टेल मि”, ०६८ मा “लास्ट लभ ” ०६९ मा “कहानी ”, ०६९ मै “ट्रियू लभ ”, ०७० मा “फुली ”, ०७१ मा “अक्टोवर २४ ” लगागतका एल्बमहरु चर्चामा रहे । यसरी गीतहरु चर्चामा रहेपछि देश तथा विदेशका कार्यक्रमहरुमा गीत गाउनका लागि माग बढ्न थाल्यो । उनी विदेशमा अमेरिका, लन्डन, जापान,अष्ट्रेलिया, जर्मन,फ्रान्स,फिन्ल्यान्ड,डेनमार्क,स्विडेन,नेदरल्याण्ड,बेल्जियम,इजरायल,कतार, ओमन, दुबहि, मलेसिया लगायत स्वदेशका अधिकांश जिल्लाहरुमा कार्यक्रमकै शिलशिलामा पुगिसकेका छन । उनले देश तथा विदेशका धेरै कार्यक्रमहरुमा सहभागि भएर विभिन्न सम्मान,अवार्ड तथा प्रशंसा प्राप्त गरे । 

           भर्सटायल गायकको रुपमा परिचित हिमाल सागर सामाजिक कार्यमा पनी उत्तिकै लागि पर्दछन । देश तथा विदेशका कार्यक्रमहरुमा सहभागि भएर केहि आर्थिक रकम संकलन गरेर दिनदुखिहरुलाई सहयोग गरिरहेका हुन्छन । उनले गत ०७२ सालको महाभुकम्पमा परी विचल्ली भएका भुकम्पपिडितहरुलाई केहि सहायता पनी गरेका छन । उनले झापाको सनिश्चरेमा रहेको अपाङ्ग बाल सरोकार शिक्षा केन्द्रका बालबालिकालाई स्टेशनरी सामाग्रि र केहि आर्थिक सहायता पनी गरेका छन । त्यहाँका बालबालिकाहरु हिमालले गरेको सहयोगबाट निकै खुसि भएका थिए । उनी गायक मात्र नभएर गीतकार,संगीतकार र आफ्ना गीतका म्युजिक भिडियोहरुमा पनी अभिनय गर्ने सफल कलाकारका रुपमा परिचित छन । उनले पप,आधुनक,चलचित्रका गीत, गजल गरी चार दर्जन भन्दा बढि गीतहरुमा सिर्जना गर्नुका साथै स्वर दिइसकेका छन ।

 

View All