Jaya Jagadish Adhikari Verified by kalakar

Jaya Jagadish Adhikari
Share this Kalakar:

Biography last updated: 15th Sep, 2017

Facts of Jaya Jagadish Adhikari

Profession Actor, Comedian
Birthday 22nd February
Horoscope Pisces
Rashi NA
Birth Place Nuwakot
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 4 inches (1.63m)
Weight NA
Favorite Movie Samjhana
Favorite Music NA
Favorite Color Coffe , Blue
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Jaya Jagadish Adhikari is Actor, Comedian. He was born on 22nd February in Nuwakot. His horoscope is Pisces. His marital status is Single. His height is 5 feet 4 inches. His favorite color is Coffe , Blue, favorite movie is Samjhana.

नेपालका चर्चित एक दर्जन जति कलाकारहरुको आवाज दुरुस्तै निकाल्ने खुवि भएका कलाकार हुन जय जगदिश अधिकारी । थान्सिङ्ग,लिखु गाउँपालिका—०६, नुवाकोटमा जन्मिएका उनी बालापनमा चञ्चले स्वभाबका थिए । सानैदेखि गाउँघरमा सबैले चतुरे,चङखे भनेर बोलाउँथे किनकि उनी गाउँघरमा सबैलाइ हँसाउँदै, बाख्रा, कुकुरको स्वर निकाल्दै हिडने गर्दथे ।युनिक इन्टरनेशनल स्कुल जुन नाम परिवर्तन भएर अहिले व्रिलियन्ट भएको छ जहाँ वोर्डिङ स्कुलमा यूकेजी सम्म अध्ययन गरे त्यसपछि गाउँघर नजिकै रहेको नर्थ स्टार इङलिस वोर्डिङमा कक्षा ३ सम्म अध्ययन गरे । नर्थ स्टार इङलिस वोर्डिङमा त्यो भन्दा माथिको कक्षा नभएकोले श्री जनज्ञान निकेतन मावि हालको उमाविमा भर्ना भए ।  त्यहाँ कक्षा ९ सम्म अध्ययन गरे पछि १० कक्षा अध्ययनका लागि महेन्द्र उच्च मा.वि मा भर्ना भए ,उक्त विद्यालयबाट २०६२ सालमा एस.एल.सि उत्तिर्ण गरे । 

     उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं आए र पिपल्स कलेजमा भर्ना भए । काठमाण्डौं आएपछि सानैदेखिको धोको पुरा गर्नका लागि ठाउँ खोजिरहेका उनले राष्ट्रिय नाचघर जमलमा अभिनयको कोर्ष खुलेको थाहा पाए र त्यहाँ जान थाले । अभिनयको कोर्ष सिक्दै गर्दा वरिष्ठ कलाकारहरुसँग चिनजान र घुलमिल हुन थाल्यो । विरेन्द्र हमालद्धारा सञ्चालित एम.आर थ्रियटर पुरानो वानेश्वरमा २ वर्ष काम गरे । उनका गुरु प्रभाकरदेव शर्माले धेरै कुरा सिकाए  जुन कार्यले गर्दा पहिले सोचेका सपनाहरु विस्तारै पूरा हुन थाले । सुरुमा “लौ मा¥यो” टेलिफिल्मबाट अभिनयको यात्रा सुरु गरेका उनले धेरैबाट प्रशंसा प्राप्त गरे । त्यसपछि “पछुतो ” फिल्ममा काम गर्ने अवसर जु¥यो । काम गर्दै जाँदा प्रकाश ओझाद्धारा निर्मित “गाइ कि त्रिशुल ” हाँस्यव्यङ्ग टेलिसिरियलमा चार भागसम्मको अङ्कमा अभिनय गरे । प्रकाश ओझाकै “तिते करेली ” हाँस्यव्यङ्ग टेलिसिरियलमा साइड भुमिकामा केहि भागसम्म काम गरे । यसैगरी गोपाल अधिकारी ट्वाकेन्द्र मार्फत हाँस्यव्यङ्ग टेलिसिरियल “तितो सत्य ” मा अभिनय गरे । यसैगरी उनका गुरु उपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका टेलिफिल्म “जीवन चक्र ” मा अभिनयको यात्रा गर्दागर्दै अध्ययनको शिलशिलामा लन्डन प्रस्थान गरे । लन्डनको विविध कार्यक्रममा सहभागि पनी भए ।

सन २०१२, २०१३, २०१४, २०१५ मा लण्डन,इंग्ल्याण्ड मा विविध कार्यक्रममा सहभागि भएर आफ्नो प्रस्तुती प्रस्तुत गरे । सन २०१६ मा नेपाल फर्किए, नेपालमा आए लगत्तै अभिनयको पाटोलाइ निरन्तरता दिइरहेका छन । अब छिट्टै प्रदर्शनमा आउन लागेको फिल्म “जुभिनाइल ” र “आर्या ” र “छि काका ” मा उनको विशेष भूमिका पनी छ । जनता टेलिभिजनबाट प्रसारण हुने वद्रि अधिकारीद्धारा निर्देशन गरिएको टेलिफिल्म “मानव ” मा मसिनेको भूमिकामा देखिदैछन ।

अभिनय सँगसँगै हिमालय टेलिभिजनमा हाँस्यव्यङ्गको कार्यक्रम तात्तो न छारो , टु मच, र जय होस् पनी सञ्चालन गरेर अनुभव बटुलिसकेका उनी भोलीका दिनमा पनी कलाकारीता क्षेत्रमै लागिरहने बताउँछन । कलाकारीता क्षेत्रमा लागे सँगसँगै विभिन्न क्षेत्रबाट सम्मानित र प्रशंसित भएका छन । उनी  के.टि.भि फिल्म बोटानिकाद्धारा उत्कृष्ठ सहयोगी अभिनेता (२०६५),भुतपूर्व व्रिटिस आर्मि यू.के समाजद्धारा सम्मान (२०६६),नेपाली एकता समाज फ्रान्सद्धारा सम्मान (२०७०), एन.आर.एन फ्रान्सद्धारा नयाँवर्षको कार्यक्रममा सम्मान (२०७१),गुरुङ्ग समाज फ्रान्सद्धारा सम्मान (२०७२),नेपाल नाट्य सांस्कृतिक संस्थानद्धारा उत्कृष्ठ अभिनय अवार्ड (२०७४) लगायतका थुप्रै सम्मानहरु प्राप्त गरिसकेका छन । 

   घरपरिवारबाट साथ र सहयोग प्राप्त गर्दै आएका उनी यो क्षेत्रमा यहाँ सम्म आइपुग्न सफल भएको श्रेय आफ्नो आमा,वुवा र दाइलाई दिन्छन । 

 

No information available.