Kusum Gajmer

Kusum Gajmer
Share this Kalakar:

Biography last updated: 14th Dec, 2017

Facts of Kusum Gajmer

Profession Singer, Song Writer
Birthday NA
Horoscope NA
Rashi NA
Birth Place Darjeeling
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Kusum Gajmer is Singer, Song Writer. Her marital status is Married.

कुसुम गजमेर नेपाली गीत÷संगीतको क्षेत्रका लागि सुप्रसिद्ध नाम हो । उनको नाम गीतकारका रुपमा बलियोसँग दर्ज भएको छ । भारतमा जन्मिएर नेपाली भूमीलाई कर्म थलो बनाउने थोरै सफल नेपाली भाषी भारतीय नागरिक मध्ये कुसुम गजमेर पनि एक हुन् । भारतको दार्जिलिङमा जन्मिएकी उनी नेपाली गीतसंगीत र चलचित्र क्षेत्रमा आफूलाई अब्बल सावित गरिन् । 


विशेषगरी नेपाली चलचित्रका गीतमा उनको कलम राम्रोसँग चलेको छ । जुन बेला उनी गीतकार भइन् त्यो बेला नेपालमा गीत लेख्ने महिला थिएनन् भन्दा पनि अतिउक्ति हुँदैन । ७० को दशकमा पनि महिला गीतकार औंलामा सिमित रहेका बेला ३० को दशकमा कुसुमले जुन आँछ र गीत लेखनमा कौसलता देखाइन् त्यसलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । हात उठाएर स्यालुट गर्नैपर्छ । अन्यथा उनीमाथीको अन्याय हुन्छ । 


नेपाली चलचित्र भर्खर बामे सर्दैै थियो । त्यही बेला उनी चलचित्रका गीत लेख्न थालेकी थिइन् । नेपालमा आधुनक गीत र भजनको दबदबा रहेका बेला उनको कलम चलचित्रका गीतका लागि दौडिनु आफैंमा चूनौतीपूर्ण पनि थियो । 
‘कसरी भनुँ म मनको कुरा यो..’, ‘के सोचें मैले के भयो अहिले...’, ‘मोहनी लाग्ला है...’, ‘चिया बारीमा...’, ‘रेली खोला बगर...’, ‘पिरती आफैं हुँदो रैछ...’, ‘वीरताको चिनो वीरको सन्तान...’, ‘माया के होला...’ लगायत उनले लेखेका दर्जनौं गीत लोकप्रिउ छन् । 

 

कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुई थोपा आँसु’, दक्षिणा, दर्पणछाँया लगायत हिट चलचित्रमा उनका गीत समावेश भएका छन् । यी चलचित्रको कथा जति सबल थियो त्यती नै यी चलचित्रमा गजमेरले लेखका गीत पनि लोकप्रिय थिए । सांगीतिक क्षेत्र बलियो हुनु पनि यी चलचित्र चल्नुको एउटा कारण रहेको चलचित्र निर्देशक तुलसी घिमिरे बताउँछन् । 

 

२००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम चर्चित संगीतकार रञ्जीत गजमेरकी श्रीमती हुन् । चलचित्र निर्देशक तुलसी घिमिरेसँग पनि उनको साइनो थियो । उनी तुलसी घिमिरेकी सासु हुन् । भारती घिमिरे उनी छोरी हुन् । श्रीमान् नेपाली चलचित्र उद्योगको अब्बल संगीतकार भएकाले पनि उनलाई नेपाली चलचित्रको गीतमा स्थापित हुन उनलाई थप सहज भएको थियो । 

No information available.

Kusum Gajmer Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events