Lazima Subba Verified by kalakar

Lazima Subba
Share this Kalakar:

Biography last updated: 22nd Sep, 2017

Facts of Lazima Subba

Profession Fashion Designer
Birthday 26th February
Horoscope Pisces
Rashi NA
Birth Place Sunsari
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 3 inches (1.60m)
Weight NA
Favorite Movie All Movies
Favorite Music NA
Favorite Color Blue
Favorite Place Pokhara
Favorite Food Nepali and Chinese Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Lazima Subba is Fashion Designer. She was born on 26th February in Sunsari. Her horoscope is Pisces. Her marital status is Single. Her height is 5 feet 3 inches. Her favorite color is Blue, favorite movie is All Movies, favorite food is Nepali and Chinese Food, favorite place is Pokhara.

लाजिमा सुब्बा नेपालकी चिर्चित फेसन डिजाइनर हुन् । नेपालमा थोरैले मात्रै फेसन डिजाइनलाई करियर बनाइरहेका बेला त्यो आँट गर्ने सीमित व्यक्तिमा लाजिमाको नाम सँधै अग्र पक्तिमा आउँछ ।
फेसन डिजाइनमा करियर खोज्दै आफूलाइ स्थापित पनि गरिसकेकी उनी सुरज सुब्बा नाल्बोकी छोरी समेत हुन् । थुप्रै विकल्प छोडेर उनी यो पेशामा प्रवेश गरेकी हुन् ।  

सानोमा उनलाई धेरै पेशा अपनाउने मन हुन्थ्यो । तर बुझ्ने र पेशा अपनाउने बेला भएपछि भने उनी फेसन डिजाइन नै आकर्षित भइन् । 

नेपालीहरू ड्रेसअपमा निकै सचेत हुन थालेका बताउने लाजिमा महिना दिनमै फरक फरक डिजाइनका ड्रेस डिजाइन चल्न थालेको बताउँछिन् । क्रिएटिभ डिजाइनरको भविष्य निकै राम्रो रहेको बताउने उनी डिजाइनरलाई भ्याइनभ्याइ रहेको बताउँछिन् । 

राम्रो क्षमता भएका डिजाइनरहरु अन्तर्राट्रिय बजारमा समेत जान सक्ने वातावरण छ । लाजिमा सुब्बा यस्तै एक ड्रेस डिजाइनर हुन्, जसको डिजाइन नेपालभित्र भन्दा पनि बाहिर धेरै जान्छन् ।

उनले आजसम्म गरेको सबै भन्दा महँगो डिजाइन डेढ लाखको हो उनले आफ्नै माइजुको विवाहमा लेहेंगा बनाएको थिइन् । माग आए जतिको जस्तो सुकै डिजाइन पनि बनाइदिन सक्ने उनी बताउँछिन् ।  

उनका कष्टुमर नेपालमा भन्दा विदेशमा धेरै छन् । अमेरिका, बेलायत, जापान, क्यानडा लगायतका देशमा उनका कष्टुमर छन् । विदेशमा बस्ने नेपाली विशेष गरी अकेजनमा नेपाली मौलिक ड्रेसहरु लगाउन चहाने र त्यही अनुसकारको अर्डर आउने गरेको बताउँछिन् । 

उनी लेडिज र जेन्स दुबै किसिमको डिजाइन गर्छिन् नेपाली, इन्डियन, कोरियन सबै डिजाइन गर्ने लाजिमा कष्टुमरको  अर्डर अनुसार साडी, गाउन, लेहेँगा आदि सबै डिजाइन् गर्छिन् । उनलाई सबै भन्दा धरै अर्डर आउने लेहेँगा हो । 

ड्रेस डिजाइनका लागि समाजिक सञ्जाल नै सबैभन्दा भरपर्दा साधन बनेको छ । सामाजिक सञ्जालमा राम्रो पकड छैन भने त यो क्षेत्रमा काम गर्न अप्ठ्यारो हुने उनको विचार छ । नेपालीहरु फेसनमा अवेर हुनुको कारण समाजिक सञ्जालसँगै अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पहुँच पनि हो । 

No information available.

Lazima Subba Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events