Narayan Gopal Guruwacharya

Narayan Gopal Guruwacharya
Share this Kalakar:

Biography last updated: 6th Dec, 2017

Facts of Narayan Gopal Guruwacharya

Profession Music Arranger, Singer, Song Writer
Birthday 4th October
Died 5th December, 1990 (Age 80)
Horoscope Libra
Rashi NA
Birth Place Kathmandu, Nepal
Education NA
Current Involvement NA
Years active 1960 - 1990
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Narayan Gopal Guruwacharya is Music Arranger, Singer, Song Writer. He was born on 4th October in Kathmandu, Nepal. His horoscope is Libra. His marital status is Married.

नारायण गोपालको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । नारायण गोपाल नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको गायक हुन् । गायनलाई पेशाको रुपमा लिने पहिलो गायक हुन् उनी । सयौं गीत उनले गाए जो नेपाली सांगीतिक क्षेत्रमा अझै पनि गुञ्जिरहेका छन् । उनका १३६ गीत रेकर्ड छन् ।
वि.सं. २०२७ साल फागुनमा पेमालासँग उनको विवाह भए पनि सन्तान भने भएनन् । नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे भने भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडका थिए  ।  
नारायण गोपालले पहिलो पटक त्रि–चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा मञ्चमा उत्रिए । जसमा उनी पहिलो पटक तबलाबादकका रुपमा प्रस्तुत भएका थिए । 
नारायण गोपालको स्वर उनकै मित्र माणिकरत्न स्थापितले गरेका थिए । 
नारायण गोपालमा बुवा आशागोपाल गुरुवाचार्य आधुनिक संगीतमा थिए । 


नारायण गोपाललाई नयाँ शैलीको संगीतको जरुरत थियो । उनले आफ्नै संगीतमा छ ओटा गीत तयार पारे । ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) र दुइटा युगल – बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो) गीत गाए । यी सबै गीत  भारतको कोलकतामा रेकर्डिङ गरिएको थियो । 
उनी नेपाली मूलका प्रमुख स्वर भएरकमा गाययकको रुपमा  देखापरे । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! जस्ता गीत गाए । 
उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले । यसै क्रममा उनको भारतको दार्जीलिङ भ्रमाण गरे । 
नारायण गोपाल र गोपाल योञ्जनबीच मितेरी साइनो थियो । नारायण–गोपाललाई मीत लगाइदिने इश्वरवल्लभका अनुसार  प्रेमका, बियोग र बिरहका गीत गाउन थाले । उनी यस समय नेपाली संगीतमा नायक बने । बीसको दशकमा नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो । नारायण गोपालले गोपाल योञ्जनसँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए । नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा विशेष स्थान बनाए । नेपाली युवाका नायक बन्न पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे । 


उनले कवि भूपी शेरचन, गीतकार संगीतकार भीम विरागसँग उठबस शुरु भयो । उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए। भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए । 

नारायण गोपालले नाचघरमा पनि काम गरे । नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए । पछि उनी विस्तारै त्यहीँका हाकिम भए । 
नारायण गोपाल पहिलो पटक स्वर परीक्षमा अनुत्तीर्ण भएका थिए ।  चलचित्र माइतीघरमा पाश्र्व गायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भएका थिए । 
चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाही भोगे । 
फुटबल खेलका पारखी उनी चेसका खेलाडी थिए । भान्सामा कुशल उनी शौखिन फोटोग्राफर पनि हुन् । 

नारायण गोपालका गीती एल्बमहरुः 
गीती श्रद्धान्जली भाग १, गीती श्रद्धान्जली भाग २, गीती श्रद्धान्जली भाग ३, गीती श्रद्धान्जली भाग ४, स्वर्निम सन्ध्या भाग १, स्वर्निम सन्ध्या भाग २, प्रीयशी का यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुरास भएछु, अल्झे छ क्यारे, तिम्रो मनमा, गीतीयात्रा भाग १, नारायणगोपालका आधुनिक गीतहरू भाग १ ( भाग ९ सम्म), मालती मंगले (गीतीनाटक) । 

No information available.