Naresh Kumar KC Verified by kalakar

Naresh Kumar KC
Share this Kalakar:

Biography last updated: 9th Oct, 2017

Facts of Naresh Kumar KC

Profession Director, Song Writer
Birthday 11th July
Horoscope Cancer
Rashi NA
Birth Place Nuwakot
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 7 inches (1.70m)
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color Blue
Favorite Place Helambu
Favorite Food Pulse & rice
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Naresh Kumar KC is Director, Song Writer. He was born on 11th July in Nuwakot. His horoscope is Cancer. His marital status is Married. His height is 5 feet 7 inches. His favorite color is Blue, favorite food is Pulse & rice, favorite place is Helambu.

निर्देशक नरेशकुमार केसीले हिमाली भेगको पृष्ठभूमिमा दिदी र भाइको आत्मीय सम्बन्धको कथा उनेर चलचित्र ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) बनाए ।
 
यस्तो सामान्य विषयमा पनि चलचित्र बन्छ ? भनेर कतिले उडाउने प्रयाश गरे । तर, त्यही चलचित्र अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलसम्म पुग्यो । चलचित्र ती मुख्य बिधामा समेत मनोनित भयो । फिल्ममा दिदीको भूमिकामा अभिनय गरेकी सृजना सुब्बा उत्कृष्ट नायिकाको विधामा मनोनयनमा परिन् भने उकृष्ट फिल्म र सिनेमाटोग्राफीमा समेत फिल्म मनोनयनमा पर्यो । 

डेब्यू निर्देशनमै उनले सफलता हात पारे । फरक र सामान्य विषयमा पनि चलचित्र निर्माण गर्न सकिन्छ भन्ने मानक स्थापित गरे । 

निर्देशक केसी अमेरिकाको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (यूएससी) को स्नातकोत्तर हुन् ।  

त्यसपछि रोमियो इन्ड जुलेट निर्देशन गरेका उनी एउटा यस्तो चलचित्र निर्देशनको तयारीमा छन्, जसले पूरै नेपालको प्रतिनिधित्व गरोस । यसका लागि माइन्डमेकअप गरिरहेका नरेश सानै उमेरदेखि चलचित्र भनेपछि हुरुक्कै हुन्थे । चलचित्र हेर्नका लागि जे सुकै गर्ने उनी साइन्सका विद्यार्थी । तर, आफू साइन्सका लागि भन्दा पनि कलाका लागि जन्मिएको जस्तो उनलाई लाग्यो र उनी नेपालबाट अमेरिका पुगे । र, चलचित्र निर्देशनमा स्नातकोत्तर गरेर फर्किए । उनी अब यही क्षेत्रमा आफूलाई समर्पित गर्ने सोचमा छन् । 

नुवाकोटमा जन्मिएका उनी अहिले काठमाडौंमा बसेर चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गर्ने प्रयासमा छन् । नेपाली मौलिकतामा जोड दिनुपर्नेमा विश्वास गर्ने नरेश चलचित्र जगतमा पनि यो क्षेत्रको सैद्धान्तिक ज्ञान भएका व्यक्तिको प्रवेश हुनुपर्नेमा जोड दिन्छन् । 

 

No information available.