सलोन र करिश्मा फिल्म प्रचारसँगै डेटिङमा

08 Jul, 2018 / 0
सलोन र करिश्मा फिल्म प्रचारसँगै डेटिङमा

काठमाडौ । असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ टोली अहिले प्रचारमा ब्यस्त छ । फिल्मको प्रचार प्रसारको लागि चितवन पुगेको टोली मध्येका नायक सलोन बस्नेतले यो चलचित्र स–परिवार एकै ठाउँमा बसेर हेर्न सकिने खालको रहेको बताए । सलोन, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीलगायतको उपस्थिती थियो ।

चलचित्रमा आफु लगायत सबै कलाकारले निकै मेहेनतको साथ काम गरेकोले बताउदै सलोनले भने ‘बाबु कान्छा निकै राम्रो बनेको छ ।’ 
सानोमा आफुले धेरै चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो सलोनले भने । 

चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका सामान्य युवतिको रहेको बताईन । ‘चलचित्रमा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ करिश्माले भनिन् । चलचित्र ‘लभ सब’ बाट रजट पटमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो चलचित्र हो । ‘लभ सब’ मा संयम पुरिको अपोजिटमा देखिएकी करिश्मा ‘बाबु कान्छा’ मा भने आफ्नो रियल जोडी सलोन बस्नेतको अपोजिट रोलमा देखिएकी छिन् । सलोन र करिश्माले फिल्म प्रचार गर्नुको साथै डेटिङमा पनि रमाएको टिप्पणी पनि सुनिएको छ ।

चलचित्रका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा चलचित्रले राम्रो ब्यापार गर्ने बताए । शोभित बःनेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

 

Leave a Comment


Comment using Facebook