नाकको सर्जरीकै कारण पहिलो फिल्मवाट निकालिएकी थिईन् प्रियंका

19 Jul, 2018 / 0
नाकको सर्जरीकै कारण पहिलो फिल्मवाट निकालिएकी थिईन् प्रियंका

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा ३६ वर्ष लागेकी छिन् । अहिले हलिउड फिल्मको सुटिङमा ब्यस्त प्रियंका अहिले अमेरिकामा छिन् । क्वान्टिको, बेवाच, द लेट नाईट शो विथ स्टीफन कोल्बर्टलगायतका फिल्ममा उनले अभिनय गरेकी छिन् ।

स्टाईल, अभिनय र सुन्दरताकै कारण प्रियंकाको ख्याती हलिउडसम्म फैलिएको छ । हलिउडमा समेत अलग पहिचान बनाउन सफल प्रियंकामाथी भारतीय पत्रकार एस प्रधानले प्रियंका प्लाष्टिक सर्जरी र उनको फिल्मी करिअरमाथी कितावै लेखेका छन् ‘प्रियंका चोपडा ः द डार्क हास’ । सोही कितावमा उनले प्लाष्टिक सर्जरीकै कारण पहिलो फिल्मवाट हात धुन परेको दावी गरेका छन् ।

त्यसो त गत वर्ष न्युयोर्कमा आयोजित एक कार्यक्रममा प्रियंकाले भनेकी थिईन् ‘सुरुवातको समयमा केही निर्माताले मेरो नाककै कारण फिल्ममा लिन मानेनन् ।’ त्यसो त उनलाई प्रारम्भमा वर्णको आधारमा पनि विभेद गरिएको थियो । काली भएको भन्दै कतिपय निर्माताले फिल्ममा लिन मानेका थिएनन् । अहिले उनको त्यहि कालो वर्ण दर्शकको आकर्षण बनेको छ ।

 

Leave a Comment


Comment using Facebook