कोही आउट भएन नेपाल आइडलबाट

02 Sep, 2017 / 0

काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलबाट शक्रबार कोही पनि बाहिरिएनन् । एलिमिनेसन डे भएपनि निर्णायकले आफ्नो अधिकार प्रयोग गरेर एक हप्तालाई चारै जनालाई सुरक्षीत गरेका हुन् । 
शुक्रबार प्राप्त भएको भोट अर्को हप्ता आउने भोटसँग जोडीने बताइएको छ । यस हप्ता चार प्रतिस्प्रर्धीको लागी ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको जानकारी दिइएको थियो । यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिएको थिएन । 
ललितपुरका प्रताप दास, मोरङका निशान भट्टराई, नारायणगढ चितवनका सागर आले र पोखराका बुद्ध लामा मध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् ।  
नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका प्रतियोगीको सहभागिता रहने जानकारी दिइएको छ । 

 

Leave a Comment


Comment using Facebook