कर्णको ।।।छोरो’ गीत सार्वजनिक (भिडियोसहित)

05 Sep, 2017 / 0

काठमाडौं– आफ्नो सन्तानको पिरमा रात दिन आँसु साथी बनाउने आमा–बाबु हुन् । डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुःखी छोराको वास्तविक कथामा समावेश लोक गीत ।।।छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक प्रालिमार्फत कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतलाई सर्जक तथा गायक बिरही कार्कीले शब्द तथा लय भरेका छन् । गीतको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंब जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ । गीत ।।।मेरै यादमा रुदीँ हौ आमा, सँधै आँसु बोकेर आँखामा’ जस्ता मार्मिक शब्दहरुले सजिएको छ । सन्तानलाई माया नगर्ने आमा र आमालाई माया नगर्ने सन्तान सायद विरलै होलान् ।

Leave a Comment


Comment using Facebook