मिस लिटिल नेवाः को अडिसन

11 Sep, 2017 / 0
मिस लिटिल नेवाः को अडिसन

काठमाडौं । ‘मिस लिटिल नेवाः’ को अडिसनबाट ४० प्रतिस्पर्धी अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार लिटिल नेवाः का लागि ७० जनाले अडिसन दिएका थिए । 
नेप्लिज फेशन होमको आयोजना गरेको ११ औं संस्करणको लिटिल नेवाः को अडिसनमा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धी सहभागि थिए । 

मिस लिटिल नेवाःमा यसपटक पनि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाइरहेका छन् । 

मिस लिटिल नेवाः का लागि छनोट भएका प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा तथा प्रशिक्षण दिइने आयोजकले बताएको छ । 

Leave a Comment


Comment using Facebook