बुद्धलाई गाडीसहित नगद प्रदान

28 Oct, 2017 / 0

काठमाडौं । नेपाल आइडलका विजेता बुद्ध लामालाई महिन्द्राको गाडीसहित नगद तथा र अन्य पुरस्कार प्रंदान गरिएको छ । बुद्धसहित फष्ट रनरअप निशान भट्टराई र सकेन्ड रनरअप पैताप दासले पुस्कार पाएका हुन् ।

बुद्धलाई गाडीसहित नगद रु २० लाख रुपैयाँ प्रदान गरिएको थियो । उनले १५ लाख बराबरको एल्बमका लागि सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । 

नेपाल आइडल फष्ट रनरअप भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ ।

असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो । 

विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३३५ भोट प्राप्त भएकोमा ४ करोड ४८ लाख ४५ हजार २६३ भोट प्राप्त गर्दै बुद्धले पहिलो नेपाल आइडलको उपाधि उचालेका थिए । 

Leave a Comment


Comment using Facebook

Other News