समलिंगी सम्बन्धको चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ

04 Jan, 2018 / 0
समलिंगी सम्बन्धको चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ

पोखरा । समलिंगी सम्बन्धलाई मुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ गरिएको छ । बिहीबार स्क्रिनिङ गरिएको चलचित्र करिव एक सय जना भन्दा धेरैले हेरेका छन् । 
निलहिरा समाजले गरेको स्क्रिनिङमा समलिंगी तेस्रोलिंगीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको अभियानमा सहयोग गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

चलचित्रले समलिंगी सम्बन्धलाई उठान गर्दै जबरजस्ती विपरित लिंगीसँग समलिंगी विवाह गरिदिदाँ कसरी दुवैको घरबार र जीवन तहसनहस हुन्छ भनेर देखाइएको छ । 
इलम दीक्षितले निर्देशन गरेको चलचित्रमा व्यबसायिक चलचित्रमा अभिनय गर्दै आएका कलाकार दखि साहित्यकार सम्मले अभिनय गरेका छन् । 
सामाजिक लैंगिक विषयमा केन्द्रित रहेको चलचित्र आर्ट मुभी अन्तरगत रहेको छ । 

चलचित्र स्क्रिनिङमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले चलिचित्रमा देखाए जस्तै समसलिंगीको विवाह जबरजस्ती विपरितलिंगीसँग भैरहेको बताइन् । उनले यसरी इच्छा विपरित हुने विवाहले दुवै पक्षलाई फाइदा नगर्ने भन्दै उनले समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा जोड दिइन् । समैलिंगी विवाहको अधिकार नदिएसम्म दिनहु समलिंगीहरु बलात्कार हुनुपर्ने अवस्था रहिरहने ढकालको भनाइ  छ । 

“हाम्रो पनि घरजम गर्ने र मायाँप्रेम आफूले चाहेको व्यक्तिसँग गर्ने अधिकार छ । यसलाई राज्यले वैधानिकता दिनुपर्छ । हामी यसकै पर्खाइमा छौं,” निर्देशक ढकालले भनिन्, “‘म होइन म’ म चलचित्र स्क्रिनिङको मुख्य उद्धेश्य समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि छन् र उनीहरुलाई पनि स्वीकार गर्नुपर्छ भन्ने हो ।” 

 

Leave a Comment


Comment using Facebook