बुबाको जिद्दीले प्रभास र अनुश्काको सम्बन्ध टुट्यो

23 May, 2018 / 0
बुबाको जिद्दीले प्रभास र अनुश्काको सम्बन्ध टुट्यो

मुम्बई । बाहुबली हेरेर रमाएका धेरै दर्शकलाई लाग्न सक्छ । चलचित्रमा जस्तै रियललाईफमा पनि प्रभास र अनुश्का शेट्टी जोडी बनिदिए हुन्थ्यो ।

अनुश्का र प्रभास रोमान्समा रमाएको खबर पनि नआएको होइन । अन्तत प्रभास र अनुश्काको रोमान्स रिलमै सिमित हुने भएको छ ।

कारण प्रभासका परिवारका सदस्य असाध्यै परम्परागत छन् । प्रभासका बाबु आमाले छोरालाई फिल्मलाईनका युवतिसँग विवाह नगर्न दवाव दिएका छन् । प्रभास बाबुका आज्ञाकारी छोरा हुन् उनी बाबुको आज्ञाविना कुनै पनि काम गर्दैनन् ।

 

Leave a Comment


Comment using Facebook