‘काँठकी रानी’ पार्वतीले एकै दिन पाँच गीत रेकर्ड गरिन्

04 Jun, 2018 / 0

काठमाडौ । चार हजार भन्दा बढी गीतमा स्वर दिएकी पार्वती कार्कीले गाउन थालेको केही वर्ष भयो । उनका थुप्रै गीत स्रोताले मन पराएका छन् । स्रोताले दिएको त्यहि हौषला नै उनलाई अगाडी बढ्ने प्रेरणा भएको छ ।

सेतो घोडा ए है जोडा, है सानु, नाकमा फुली मन भयो चुल्बुलीलगायत दर्जनौ गीत चर्चित छन् । पछिल्लो समय गाएको हातमा घडी बोलको गीतले उनलाई थप चर्चित बनाएको छ । पार्वती भन्छिन् ‘लिला श्रेष्ठ दाईको गीतमा मैले पहिला देखी नै गाउँथे । हातमा घडीमा पनि गाउने अवसर दिनु भो गाएँ ।’

गीत राम्रो भएको कारण नै धेरैले मन पराईदिए झैं लाग्छ उनलाई ।  धेरैले उनलाई ‘काँठको रानी’ भनेर टिप्पणी गर्छन् । त्यस्ता उपमा सुनेर मख्ख पर्ने पार्वती भन्छिन् ‘दर्शकले उपमा दिएको सुन्दा रमाईलो लाग्छ ।’ 
उनी विषेशगरी काँठे गीतमा लागि प्रसिद्ध छिन् तर, सबैखालका लोकगीतमा स्वर दिएकी छिन् । काँठे गीतको भाव राम्रो भएकाले काँठे गीतलाई धेरैले मन पराएको अनुभव गरेकी छिन् । ‘शायद म काँठ क्षेत्रको भएकाले पनि होला मलाई काँठेगीत गाउँदा बढी रमाईलो लाग्छ ।’ हाम्रो कलाकार डटकमसंग कुरा गर्दै भनिन् ।

अमृत खातीसंग मिलेर गाएको ‘बिउ खायो किरैले पनि राम्रो चर्चा पायो । प्रेमसंग सम्बन्धि उक्त गीतमा आफ्नो मान्छे टाढा हुँदा कस्तो समस्या पर्छ ब्यक्त गर्न खोजिएको थियो ।

सानैदेखि गायिका बन्ने सपना पालेकी पार्वतीको महत्वकाँक्षा धेरै ठूलो छैन । भन्छिन् ‘राम्रो गीत गाइरहुँ भन्ने छ । पछिल्लो समयका ब्यस्त गायिकाको रुपमा चिनिने पार्वतीले गएको वर्ष दसैं छेकोमा एकै दिनमा पाँचवटासम्म गीत रेकर्ड गराएकी थिईन् । अहिले पनि दैनिक १ देखी ३ वटासम्म गीत रेकर्ड गराएकी छिन् । 

Leave a Comment


Comment using Facebook