Prashant Tamrakar Verified by kalakar

Prashant Tamrakar
Share this Kalakar:

Biography last updated: 24th Oct, 2017

Facts of Prashant Tamrakar

Profession Model, Actor
Birthday 28th November
Horoscope Sagittarius
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 6 feet 1 inches (1.85m)
Weight NA
Favorite Movie Basanti
Favorite Music NA
Favorite Color Black
Favorite Place Nepal
Favorite Food Chinese Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Prashant Tamrakar is Model, Actor. He was born on 28th November in Kathmandu. His horoscope is Sagittarius. His marital status is Married. His height is 6 feet 1 inches. His favorite color is Black, favorite movie is Basanti, favorite food is Chinese Food, favorite place is Nepal. He has recently been involved in movie Aishwarya.

काठमाडौंका रैथाने प्रशान्त ताम्राकार उमेर छँदै चलचित्र उद्योगमा प्रवेश गरेनन् । दर्जनौं चलचित्रबाट नायकका लागि अफर आए पनि उनलाई ती अफरले लोभ्याउन सकेनन् । उनी आफ्नै फेसनको विजनेशमा लागिरहे । 
विसं. २०७४ साल भन्दा १५ वर्ष पहिले पनि उनलाई हिरोको अफर नआएको होइन । तर त्या बेला पनि उनले सोचे समयसँगै नयाँ जेनेरेशन आइसक्यो । समय टिनेजरको छ । दर्शकले टिनेजरलाई खोजिरहेको छ । त्यसैले दर्शकले हामीलाई पत्याउँदैन । त्यसैले उनले त्यो अफरलाई पनि लत्याइदिए । 

बीचमा उनले टाटा बाई बाई चलचित्रमा अभिनय गरे । त्यो अझै रिलिज नै भएको छैन । साथीहरुको आग्रहलाई हार्न सकेनन् र उनले नन् कमर्सियल चलचित्र मुखौटा र सम्बोधनमा अभिनय गरे जहाँ उनी नोटिस नै भएनन् । चलचित्रले बक्स अफिसमा कमाल पनि देखाउन सकेनन् । 

रमेश उप्रेती अमेरिका बसेर फर्किए पछि ब्रासलेटमा अभिनय गरे । त्यसले आशातित् सफलता दिन नसकेपछि उनी आफ्नै चलचित्र बनाउनतिर लागे । नाम थियो ऐश्वर्य । उनको भिलेन पात्रको नाम थियो राघव । त्यो पात्र को होला भन्ने सोचिरहेका रमेशलाई पत्रकार रबी लामिछानेले प्रशान्त ताम्राकारको नाम सुझाए । रमेशले प्रशान्तलाई भेटे र प्रस्ताव गरे । तपाइँ बेगर मेरो चलचित्र बन्दैन । यो पात्रलाई तपाइँले मात्रै न्याय गर्न सक्नुहुन्छ । 

प्रशान्तले पनि हुन्छ भने र उनले अभिनय गरे । चलचित्र रिलिज नहुँदै ट्रेलर हेरेर नै प्रशान्तको वाहीवाही भयो । चलचित्रको हिरो भन्दा पनि मिडियाले उनको खोजी गरे । बलिउडबाट समेत अफर आयो । 

प्रशान्त हिरोको आयू लामो नदेखेर नायकमा आएको अफर आफूले अस्वीकार गरेको बताउँछन् । जिम्मेवारी धेरै हुने तर आयू थोरै भएकाले जीवन धान्न नै गाह्रो भएकाले आफूले चासो नदेखाएको उनी बताउँछन् । केही वर्ष नेपाली चलचित्रमै राम्रो काम गरेर बलिउड प्रवेश गर्नै सक्ने उनी संकेत गर्छन् । 

उनलाई मन पर्ने नायिका मनिषा कोइराला हुने भने सुनिल थापाको उनी फ्यान् हुन् । सुनिलसँग उनले मुखौटाबाट धेरै सिकेको समेत प्रशान्त सम्झन्छन् । 

No information available.

Prashant Tamrakar Movies

View All