Purnakala BC Verified by kalakar

Purnakala BC
Share this Kalakar:

Biography last updated: 18th Mar, 2018

Facts of Purnakala BC

Profession Singer, Music Composer
Birthday 24th February
Horoscope Pisces
Rashi NA
Birth Place Bardiya
Education +2
Current Involvement Singing
Years active NA
Marital Status Married
Height 4 feet 10 inches (1.49m)
Weight 55 kg
Favorite Movie Chakka Panja
Favorite Music Nepali Song
Favorite Color Red
Favorite Place Pokhara
Favorite Food Nepali
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website https://www.purnakalabc.com
Purnakala BC is Singer, Music Composer. She was born on 24th February in Bardiya . Her horoscope is Pisces. Her marital status is Married. Her height is 4 feet 10 inches and weight is 55 kg. Her favorite color is Red, favorite movie is Chakka Panja, favorite music is Nepali Song, favorite food is Nepali, favorite place is Pokhara.

 

सानैदेखि स्कुलेजीवनबाट अनौपचारिक रुपमा सांगितिक क्षेत्रमा लागेका उनी घरपरिवारको साथ सहयोगमा अघि बढेकी हुन । उसो त उनको बुवाले  पनी असाध्यै मिठो गीत गाउने गर्दथे । खाना खाइसकेपछि राती सुत्ने बेलामा उनको वुवाले गीत गाउँदा गीत सुन्नका लागि उनी  वुवासँगै सुत्ने गर्थिन । वुवासँगसँगै उनीपनी गीत गाउने गर्थिन । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा एकदिन सहभागिता जनाइन । विद्यालयमा गुरुवर्ग तथा साथीहरुलाइ पनी थाहा थिएन उनले गीत गाउछिन भनेर । गीत गाइसकेपछि गुरुवर्ग तथा साथीहरुले कति राम्रो गीत गाएकी भनेर भन्दा खुसी भएको पल व्यक्त गर्दछिन । त्यसपछि ओ हो म भित्र पनी क्षमता रहेछ , मैले गाउन सक्छुहोला भन्ने त्यो मनको चाहनाले गर्दा आज यो स्थानसम्म आइपुग्न सफल भएकि छिन । उनलाई विमा कुमारी दुरा, हरीदेवी कोइराला र सर्मिला गुरुङको स्वर खुब मन पर्दथ्यो । अझ विशेष सर्मिला गुरुङको स्वर बिशेष मन पथ्र्यो त्यो कारणले गर्दा एल्बम गरें भने ए साइडमा सर्मिला गुरुङलाई गाउन लगाउँछु र वि साइडमा आफै गीत गाउँछु भनेर कल्पना समेत गर्थिन । वि.सं २०६४ सालको एस.एल.सि उत्तिर्णपछि उनको भिनाजु वल बहादुर वि.सि जो आफैमा पनी राम्रो कलाकार र नेपाल प्रहरी हुन , भिनाजु वल बहादुर वि.सि ले यत्ति मिठो गाउँछौ , स्कुलतीर कार्यक्रममा गीत गाउन भाग लिंदा पनी जहिले प्रथम हुन्छौ त्यसैले तिमी काठमाण्डौं आउ भनेर बोलाएपछि उनी वि.सं. २०६५ सालमा काठमाण्डौं आइन । उनको भिनाजुले केहि कलाकार पनी चिनेका थिए । काठमाण्डौं आइसकेपछि ललितकला क्याम्पसमा भर्ना भइन । पढ्न तथा कोठा भाडा तिरेर बस्नका लागि काठमाण्डौं जस्तो ठाउँमा गाह्रो भएपछि उनले दोहोरी साँझमा गीत गाउन जाने काम गर्न थालिन । दोहोरी साँझमा पनी ३÷४ महिना ट्रायलको लागि काम गरिन , जहाँ टिप्सको भरमा मात्र । फेरी उता गाउँमा भएको घरपरिवार उनैले हेर्नुपर्दथ्यो । दोहोरी साँझको भरले यता र उताको खर्च थेग्न नी गाह्रो भएकोले पढाइलाई भने निरन्तरता दिन सकिनन । वि.सं २०६५ को आधाआधिमा डम्वर नेपालीको एउटा गीत रेकर्ड हुन लागेको थियो साउण्डलिङ्क रेकर्डिङ स्टुडियोमा रेकर्डको काम रहेछ । स्टुडियोका रेकर्डिष्ट कुमार थापाले गायक डम्वर नेपालीलाई सोधे—“ यो साइड वि. को गीत उहाँ वहिनीलाई गाउन दिनुस न स्वर त मिठै छ तर कस्तो गाउँदो रहेछिन” भनेर सोधेपछि गायक नेपालीले पनी स्विकार गरे र उनी गीत गाउन स्टुडियो भित्र प्रवेश गरिन । उनलाई मेलोडि सम्झिन गाह्रो परेन तर पहिलोपटक भएको कारणले हातखुट्टा कमाइन । पहिलो टुक्का गाइसकेपछि रेकर्डिस्टले निकै नै राम्रो गाएको भनी प्रतिक्रिया दिइसकेपछि उनी फुरुङ्ग परिन । उक्त गीतको सबै टुक्का, थेगो गाइसकेपछि स्टुडियो बाहिर आइन र गीत गाएबापत पारिश्रमिक स्वरुप गायक डम्वर नेपालीले उनलाई खाममा केहि आर्थिक रुपैंया पनी दिए , त्यो पाएपछि उनी झन खुसी भए । गीत केहि समयपछि गीत तयार भएर बजारमा तथा टि.भि का पर्दाहरुमा बज्न थाले । “तिर्सना मेटौंला” यो गीत  उनको पहिलो रेकर्डेट गीत उनको स्वरमा टि.भि का पर्दाहरुमा गीत बजेको पहिलो दिन खुसीले गर्दा खाना नै नखाएको पल सम्झिन्छिन । गाउँमा रहेका उनको परिवार तथा आमाले टि.भि हेरेर खुसि हुँदै रोएका थिए । त्यसपछिका दिनहरुमा उनको जीवन संघर्षपूर्ण वित्दै गयो । गाउँबाट वहिनीलाई स्टाफ नर्स पढाउनका लागि सहरमा ल्याए । विभिन्न लोक लयमा गीत गाए र विविद्य स्थानमा गीत गाउनका लागि सहभागि पनी जनाइरहे । वि.सं. २०६४ सालतीर दोहोरी साँझमा काम गर्दा कोठा भाडा कसरी तिर्ने, पढाई खर्च कसरी ब्यवस्थापन गर्ने भनेर काम गर्थिन । केहि दिन त घरवेटिले राती अवेर आउने भएकोले गेट नखोल्दिने गरे । त्यो कारणले कहिले त होटलमै वास वस्थिन । महिलालाई रातको समयमा काम गरेर फर्किदा नराम्रो दृष्टिकोणले हेर्दा उनलाई नमज्जा लाग्दथ्यो तरपनी मनमा हिम्मत बोकेर निडरका साथमा आफ्ना सत्कर्महरुलाई अगाडि बढाइरहिन । केहि समयपछिको अन्तरालपछि वसन्त थापाको गीत डाँडै विसाउनी गीत गाउने अफर पाइन । यो गीतले सर्वाधिक दर्शक स्रोताको मन जित्न सफल भए सँगसँगै उनले पनी चर्चा कमाइन । त्यसपछि उनले धेरै गीतहरु गाइन । उनको चर्चा सँगै वैवाहिक जीवनमा पनी वाँधिइन । अहिले एक छोरीको साथमा रहेकी उनलाई श्रीमानले संगितको क्षेत्रमा लाग्न सघाउ र प्रेरित गरिरहन्छन । गीत रेकर्डको शिलशिला वृद्धि भएपछि देशविदेशका कार्यक्रमहरुबाट गीत गाउनका लागि उनको माग आउन थाले त्यो सँगसँगै ती कार्यक्रमहरुमा सहभागिता पनी जनाउन थालिन । पहिलोपटक विदेशको कार्यक्रम अन्र्तगत कतारमा पुगि हालसम्म कतारमा सातपटकभन्दा बढि पटक पुगिसकिन । त्यसपछि जापान, मलेसिया , दुवै लगायतका विभिन्न मुलुकमा पुगिसकेकि छिन । उनले जय जय होस, जुग जाने माया गरौंला, हरेस नखाउ सानु , म त परदेशी, तिमी नहुँदा , पीरती सफल होस , झुपडिमै जन्मिए, दैब मेरो दाहिने रैनछ ,जागिर सरकारी , कलाकारले देखे, विशाल बजार, कति सोझो मेरो मन, पुलिसवाला, अझै शंका, धोका पाइयो, यो हो काठमाण्डौं, सरि पिलिज, हाम्रो माया, हितको परानी, वियोगमा जलेर कति रुने होला, पागल हुदैछु , आधा मुटु , म बस्ने मुटुमा, बिरामी छु म , म छु नि तिम्लाइ धेरै माया गर्नी , भइयो घाम जुन , मेरो आधा जिन्दगी, खाँदै नखाएको विषले , रुँदै रुँदै तिम्रो शहर लगायतका चारहजार भन्दा बढि गीतहरु गाइसकेकि छिन 

दोहोरीको क्षेत्रमा नभएको भए महिला प्रहरी वन्न मन लागेकि पुर्णकला विसी आज दोहोरी क्षेत्रकी सफल गायिका बनेकि छिन । लोक संगितको क्षेत्र साँघुरो भएको कारणले यो क्षेत्रमा प्रवेश गर्दा जो कोहिले पनी बुझेर , सिकेर आउन सुझाव दिन्छिन । 

View All