Rajaram Poudel

Rajaram Poudel
Share this Kalakar:

Biography last updated: 14th Feb, 2018

Facts of Rajaram Poudel

Profession Actor, Comedian
Birthday 30th December
Horoscope Capricorn
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 2 inches (1.58m)
Weight NA
Favorite Movie Dakshina
Favorite Music Narayan Gopal Song
Favorite Color Red
Favorite Place Pokhara
Favorite Food Nepali
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Rajaram Poudel is Actor, Comedian. He was born on 30th December in Kathmandu. His horoscope is Capricorn. His marital status is Married. His height is 5 feet 2 inches. His favorite color is Red, favorite movie is Dakshina, favorite music is Narayan Gopal Song, favorite food is Nepali, favorite place is Pokhara.

राजाराम पौडेल नेपाली हाँस्य कला जगतको बहुपरिचित नाम हो । पुरनो पुस्तादेखि नयाँ पुस्तासम्मले उनलाई चिन्छ । बिसं. २०३९ साल देखी उनी हाँस्य क्षेत्रमा अनवरत संघर्षशील छन् । प्रज्ञा प्रतिष्ठानमा हुने गाइजात्रामा ०३९ बाट अभिनय सुरु गरेका उनको अभिनय यात्राले अझै पनि विश्राम पाएको छैन । ०३९ सालको गाईजात्रे कार्यक्रममा भाग लिएका उनले मह जोडीको ‘अंशबन्डा’ नामक नाटकमा काम गरे । त्यो नै उनको पहिलो नाटक हो । 
युवा अवस्थामा भन्दा ढल्किदो उमेरमा उनी धेरै ब्यस्त छन् । उनको पहिलो चलचित्र ‘वासुदेव’ हो । सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु’ बाट चलचित्र जगतमा उनको दोस्रो इनिङ सुरु हुन्छ । पछिल्लो समय उनी चलचित्रको लिड रोल देखी छोटा छोटा रोलमा अभिनय गरिरहेका छन् । 
२५० भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका राजाराम पौडेलका नाटकको संख्या अझै ठूलो छ । उनी आफूले करिब ७ सय पटक नाटकमा अभिनय गरेको सुनाउँछन् । मह जोडीसँग उनले सयौं प्रशसन गरेका छन् । 
राजाराम चलचित्र र नाटकमा मात्रै सिमित रहेनन् उनको जिन्दगीको अर्को मुख्य पाटो टेलिफिल्ममा अभिनय पनि हो । मह जोडीकै टेलिफिल्म ‘सन्तति’ मा डेब्यु गरेपछि उनको काच्को पर्दाको यात्रा सुरु भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरिसकेका छ । मह जोडीले बनाएका टेलिचलचित्रमा प्रायः उनी छुट्दैनन् । 
उनै रामराजम हुन् जसले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई ‘मह जोडी’ नाम राखिदिएका हुन् । पौडेल ‘मह जोडी’ कै नाटक विज्ञापनमा मात्रै अभिनयमा लागि करिव ३ सयपटक मञ्चमा उक्लिका छन् । 
त्यसो त उनको पनि कला जोडी थियो । ‘किरा जोडी’ । किरण केसी र राजाराम पौडेल । तर उनी अमेरिका गए पनि यो जोडी टुट्यो । उनी अमेरिका तिर लागे यता किरणले शिबहरी पौडेलसँग जोडी बाँधे । 
उनी अमेरिकामा ७ वर्ष बसे । २ वर्ष बस्ने भनेर गएका उनी वकिलको लापरवाहीका कारण ७ वर्ष बस्नु परेको सुनाउँछन् । अमेरिका आफूलाई कहिल्यै पनि नफापेको देश भएको उनको अनुभव छ ।

 

No information available.