Santosh Panta Verified by kalakar

Santosh Panta
Share this Kalakar:

Biography last updated: 11th Sep, 2017

Facts of Santosh Panta

Profession Actor, Director, Song Writer, Comedian
Birthday 27th March
Horoscope Aries
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 6 inches (1.68m)
Weight NA
Favorite Movie Kosheli
Favorite Music NA
Favorite Color Blue
Favorite Place Pokhara
Favorite Food Local Chicken and Rice
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Santosh Panta is Actor, Director, Song Writer, Comedian. He was born on 27th March in Kathmandu. His horoscope is Aries. His marital status is Married. His height is 5 feet 6 inches. His favorite color is Blue, favorite movie is Kosheli, favorite food is Local Chicken and Rice, favorite place is Pokhara.

विसं. २०१७ सालमा काठमाडौंको नायँ बजारमा जन्मिएका हाँस्य कलाकार सन्तोष पन्त समकालीन हाँस्य कलाकारको सूचीमा सँधै अग्रपंक्तिमा आउने नाम हो । ७ पर्षको उमेर देखि अभिनय यात्रा सुरु गरेका उनले पहिलो वर्षमै मोनो प्रशसनबाट प्रथम भएर तत्कालीन राजा महेन्द्रबाट सुनको तक्मा पाए । 

त्यस यता उनले कहिल्यै पनि फर्किएर हेर्नु परेन आफ्नो करियरमा । अभिनयको यात्रा अझै जारी छ उनको । ३० वटा भन्दा धेरै चलचित्रम अभिनय गरेका पन्तले हजारौं टेलिश्रृखंलामा अभिनय गरिसकेका छन् । एक हजार भन्दा धेरै त उनले ‘हिजो आजका कुरा’ मा मात्रै अभिनय गरे । 

नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘हिजो आजका कुरा’ उनको लोकप्रिय सफल हाँस्य टेलिचलचित्र हो । यही  हाँस्य टेलिचलचित्रबाट सुरु भएको नपाली हाँस्य टेलिचलचित्रले बीचको करिब एक दशक नेपाली दर्शकको राम्रो सात पायो । यसको श्रेय उनलाई जान्छ । पछिल्लो समय आएका हाँस्य टेलिचलचित्र राजनीतिक विषय बस्तुमा धेरै केन्द्रित भए तर उनले भनें सँधै सामाजिक विषयबस्तुलाई उठान गरे । 

नेपाली सेनामा तीन दशक जागरि खाएर रिटायर्ड भएका उनी फेरि करारमा नेपाली सेनामा नै नियुक्त भए । उनी त्यहाँ पनि मनो बैज्ञानिक शाखामा काम गर्छन् । उनको काम चलचित्र बनाउने हो । 

पन्तले ३० वटा चलचित्रमा अभिनय गरेका छन् । उनको पहिलो चलचित्र बदलिदो आकाश हो । उनले बनाएको पहिलो चलचित्र भने अप्रिल फूल हो । उनले २ हजार भन्दा बढी श्रृंखालाका अभिनय गरिसकेका छन् । 

पन्तले ७ वर्षको उमेरमा तत्कालीन राजा महेन्द्रबाट सुनको तक्मा पाएका थिए । अन्तर हाइस्क्कुल मोनो एक्टरमा उनले गरेका प्रहशनले बाजी मारेको थियो । त्यही ताका हुने अन्तरस्कुल प्रतियोगितामा तत्कालीन बडामुमा महारानी सरकारबाट उनले सुनको तक्मा पाए । जसले उनलाई कला यात्रामा झनै हौस्यायो । 

नेपालमा गाइजात्रा प्रहसन विसं. २०३२ सालबाट सुरु भयो । उनले ०३४ बाट गाइजात्रामा प्रहशन सुरु गरे । काका माधव पन्तले लेखेको स्क्रिप्टमा उनले देखाएको त्यो प्रशहन प्रथम भयो । उनले ३४ बाट लगातार १० वर्षसम्म प्रहसनमा पहलिो भए । त्यसपछि भन उनी सहभागी त भए तर प्रतियोगितामा भाग लिन भने छाडे । 

पन्त समाज सेवी पनि हुन् । ब्लड डोनर्स एसोसिएशन, अटिजममा आबद्ध छन् । अप्रत्यक्ष रुपमा धेरै संघसंस्थाहरुमा आबद्ध छन् । । पन्त प्रतिष्ठान भन्ने पनि हामील संस्था खडा गरेका छन् । त्यसमार्फत भूकम्प भएको समय पीडितलाई ससहयोग गरे । स्कुल बनाइदिए ।  बाढीपहिरो गएका बेला त्यहाँ गएर पीडितलाई सहयोग गरे ।
   
विसं ०५४ सालमा छोरी काकाको मृत्यु दुर्घटनामा परेर एकै दिन भयो । त्यही बेला माइलो बुवा पनि बिते । उनीहरु तीन जनाको नाममा पुरस्कार खडा गरे । माहिलो बुवाको नाममा उपन्यासलाई, काकाको नाममा हास्य कलाकारलाई र छोरीको नाममा बालमन्दिरको बच्चा जसले राम्रो नृत्य गर्छ उसलाई पुरस्कार खडा गरे ।   

पछि बुवा तिव्नु भयो उहाँको नाममा पनि पुरष्कार खडा गरे । आमा वित्नु भन्दा अगाडि नै उनको नाममा पुरस्कार दिन थालेका थिए । अर्को काका र मेरो श्रीमती र उसको  बुवा वितेपछि उनीहरुको नाममा पनि पुरस्कार खडा गरे । 

 

No information available.