Suman Shrapit

Suman Shrapit
Share this Kalakar:

Biography last updated: 3rd Jul, 2018

Facts of Suman Shrapit

Profession Singer, Song Writer
Birthday NA
Horoscope NA
Rashi NA
Birth Place NA
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Suman Shrapit is Singer, Song Writer. His marital status is Married.

 

अत्यन्तै मर्मस्पर्शी यो गीतका रचयिता सुमन श्रापितको चर्चा अझै चुलिन पुगेको छ । गत जेठ अन्तिम सातामात्रै गीतकार संघ नेपालद्वारा प्रदान गरिने वर्ष गीत पुस्तक पुरस्कारबाट पुरस्कृत बनेपछि उनी अझै खोजीका पात्र बनेका छन् । हालै प्रकाशित गीतसंग्रह ‘भावनाको खेती’ का लागि पूर्व राष्ट्रपति डा रामबरण यादवद्वारा ५१ हजार रुपैयाँ राशिको सो पुरस्कारबाट पुरस्कृत बनेपछि उनमा अझै जिम्मेवार थपिएको महसुस भएको बताउँछन् ।
बीबी अनुरागीको संगीतमा मिलन अमात्यले गाएको माथिको गीतमा मिलन अमात्यको सुमधुर स्वर छ । यो गीतबाट गायकलाईमात्र चिनाएन, गीतकार सुमन श्रापितलाई पनि स्थापित गरायो । सुमन भन्छन्, यो गीतले नै मलार्ई एक व्यावसायिक गीतकारको रुपमा स्थापित हुन टेवा पु¥यायो । 
लामो समयदेखि संगीत, साहित्य पत्रकारितामा क्रियाशील यी बाग्लुङगे ठिटो अझै राम्रा राम्रा गीत पस्कन सिर्जनामा घोत्लिरहन्छन् । फिल्म ‘परदेशी’को उदितनारायण झा, प्रशान्त तामाङ्ग, दीपा झा र अन्जु पन्तको स्वरमा रहेको सिरीमा सिरी बतासै चल्यो, स्वरुपराज र कल्पना गौतमद्वारा स्वरबद्ध मेरो धड्कन तिमी, फिल्म ‘दृष्टिकोण’को काली–काली दिलवाली, फिल्म ‘निशानी’को अच्छा लेकिनक्या बात र सोल्टी ज्यू (झ्याउरे) फिल्म जीवन लिलाको कहिले ओराली झर्छ जिन्दगी, अन्जु पन्त र स्वरुपा रसाइलीद्वारा स्वरबद्ध यसपालीको तीज आहा कति रमाइलो, देविका बन्दनाद्वारा स्वरबद्ध फुरुक्क परे बरिलै सुनिता दुलालद्वारा स्वरबद्ध सधैं तीजमा ब्रत बस्छु लगायत उनका जिवन्त गीत हुन् ।
बाग्लुङका सुमन अहिले सुन्दर नगरी पोखरामा बसेर सिर्जनामा लागेका छन् । हुन त केही समय उनी राजधानी काठमाडांै बसे । राजधानीमा रहँदा गीत संगीतसगैं उनको प्रधानसम्पादनमा मनोरञ्जनात्मक पत्रिका ‘म्यूजिकमुभी’ प्रकाशनमा ल्याए । 
पोखरामा रहेर साहित्य संगीतको श्रीवृद्धिमा क्रियाशील स्रष्टा सुुमन मोफसलमा बसेरमा पनि एक प्रसिद्ध गीतकारको छवि बनाएका छन् । साहित्य, संगीत र पत्रकारिता तीनै विधाका यी त्रिवेणी विभिन्न सामाजिक संघसंस्थामा संलग्न छन् । 
झण्डै दुई दशक लामो सङ्गीत यात्रामा आइपुग्दा एकल रचनामा आधा दर्जन एल्बम निकालिसकेका छन् । उनलाई २०५९ सालमा पूर्णिमाको रात एल्बममा स्वर भरेसँगै उत्साह थपेको हो । त्यसयता उनको निरन्तर परिश्रम, साधना र लगनशीलता टुटेन । अझै बढ्दै गयो । पछि फूलपाती देवी देउतालाई र पूर्णिमाको रातलोक दोहोरी एल्बममा स्वर दिए । त्यस्तै शुभयात्रा, संकल्प आधुनिक गीत गजल एल्बम, पूर्णिमाको रात र फूलपाती देवीदेउतालाई लोकदोहोरी एल्बम र तीज गीत एल्बम यसपालीको तीज, फुरुक्कै परे बरिलै, धुमधामतीज गरी ७ वटा एकल रचनाका एल्बम बजार आए । गायनभन्दा पछिल्लो समय गीत लेखनमा बढी क्रियाशील सुमनले रत्यौली शैलीका तीजगीतको माझमा शालीन शैलीका तीज गीत लेखेर शालीन गीतकारको छवि बनाएका छन् ।
उनको गीतिकर्मको उच्चमूल्यांकन गरी सम्पदा कला मन्दिर, पोखराले गत वर्ष ‘शिल्पगीतकार’ उपाधि सहित सम्मान ग¥यो । अपाङ्ग मैत्रीपवित्र सेवा संघ, काठमाडौद्वारा अभिनन्दित उनी बाबा साहित्य साधक पुरस्कार पनि पाए । यस्तै विभिन्न पुरस्कार र सम्मान पाएका सुमनका गीतमा चर्चित गायक–गायिकाले स्वर भरेका छन् ।
बाग्लुङ, पोखरा हुँदै र काठमाडौमा भिजिसकेका सुमनलाई अचेल गीत लेखाउने क्रमपनि बढ्दो छ । लेखन कर्ममा लागिसकेपछि विस्तारै व्यवसायिक बन्दै गएका सुमनले लेखेका गीत प्रितम गुरुङ निर्देशित जीवनलीला, विनोद सेरेङ निर्देशित निशानी, तुलसी घिमिरे निर्देशित दृष्टिकोण, नारायण रायमाझी निर्देशित परदेशी, र जीवन सेन्चुरी निर्देशित रित्तो फिल्ममा समेटिको छ । उनका फुटकर एल्बम मोहनी, रिमझिम, निरमाया, रामकसम, मिलन, ईन्नोभेटिभ, प्रण, सगुन, मेरो हजुर मेरी पियारी, बाचा, बहार, आइ लभ यू आइमिस यू लगायत हुन । त्यसै गरी उनको सम्पादन रहेको पोखरामा फुलेका सुनाखरीहरु (पोखरेली संयुक्त गीत संग्रह) र सुरज बिरहीसँग मिलेर निकालेको बिछोडको बेदना कविता संग्रह प्रकाशित छन् । ‘सुधा’ उनको पछिल्लो गीति एल्बम हो । रचनामा पृथकता जीवन्तता खोज्ने प्रतिभाशाली गीतकार सुमन संचारमाध्यमबाट ओझेल परेका एक लोकप्रिय स्रष्टा हुन् । 

No information available.