Sunil Bardewa Verified by kalakar

Sunil Bardewa
Share this Kalakar:

Biography last updated: 15th Nov, 2017

Facts of Sunil Bardewa

Profession Singer, Music Arranger, Musician, Song Writer
Birthday 1st January
Died 13th September, 2016 (Age 47)
Horoscope Capricorn
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active 1995 - 2016
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Sunil Bardewa is Singer, Music Arranger, Musician, Song Writer. He was born on 1st January in Kathmandu. His horoscope is Capricorn. His marital status is Married.

सन् १९७२ मा काठमाडौंमा जन्मिएका सुनिल बर्देवाका थुप्रै हिट गीत दिए नेपाली संगीत उद्योगलाई । ‘गोरेटे अनि उस्तै छ गल्ली..’ उनको हिट नम्बर हो । ‘बिहनीमा ...’, ‘निरमाया तिमीलाई...’ पनि सुनिलको चलेको गीत हो । 
सुनील गायक मात्रै हैनन् । उनी गिटारिष्ट पनि हुन् । उनी नेपालकै टप गिटारिष्ट हुन् । उनको शिल्प जती गायन र गीतमा थियो त्यती नै शब्द र एरेन्मेन्टमा पनि थियो । 

जेम्स प्रधानको गीत ‘आइदेउ आइदेउ...’ मा उसैले गिटार वर्क गरेका थिए । जुन दर्शकरस्रोताले निकै मन पराएका थिए ।  उनले आफ्नो र अरुको कम्पोजिसन गरेर कम्तीमा पनि ५० भन्दा बढी नै गीत गरे ।  
उनी एकोहोरो आफ्नै क्रिएसनमा लागिरहन्थे । आफ्नो काम नसकेसम्म कसैको कुरा सुन्दैनथे ।  आफ्नोमात्रै होइन, अरुको गीतमा पनि त्यतिकै राम्रो काम गर्थे ।  नविन के भट्टराईका धेरै गीतमा उनैको आउटपुट छ । नविनको ‘उदासी...’, ‘सायद तिमी नै हौ...’ उसैले गरेका गीत हुन् । 

उनी धेरै जसो जेम्स प्रधानको स्टुडियोमा धेरै बस्थे । जहाँ उनले निकै राम्रा राम्रा रचना जन्मायो । जेम्सको सांगीतिक यात्राको आउटपुटमा उनको ठूलो सहयोग छ ।  
“सुनिल छुट्टै खालका व्यक्ति थिए । जिद्दि स्वाभावका सुनिल  आफूले गरेको ठीक छ भन्ने आत्मविश्वासका साथ काम गथ्र्यो । गिटारमा ऊ निकै राम्रो थियो । त्यसमा उसले अरुको कुरा नसुने पनि केही फरक पर्दैनथ्यो,” जेम्स प्रधानले उनलाई सम्झिदै भने । 

सुनिलका समकालीन जेम्स प्रधान, महाराज थापा थिए । अराजकेशवको र्यापमा सुनिलकै एरेन्जमेन्ट हो । ‘घर हाम्रो पूर्वाञ्चल...’ मा ।  उनीसँग गिटार सिकेकोहरु अहिले नेपालका टप गिटारिस्ट भएका छन् । 
जिन्दगी रमाइलोसँग बिताउनुपर्छ भन्ने उनी क्रिएसनको काम फ्रेस नभई हुँदैन भन्थे । अरुलाई हँसाइरहने स्वाभावका सुनिलको निधन ४४ वर्षको उमेरमा सन् २०१६ सेप्टेम्बर १३ मा भयो ।

 

 
No information available.