Surendra Kc Verified by kalakar

Surendra Kc
Share this Kalakar:

Biography last updated: 30th Aug, 2017

Facts of Surendra Kc

Known as Mula Saag
Profession Actor, Comedian
Birthday 27th May
Horoscope Gemini
Rashi NA
Birth Place KAthmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 9 inches (1.75m)
Weight NA
Favorite Movie Balidaan
Favorite Music Soche jasto hunna jivan..
Favorite Color Green / Red
Favorite Place Pokhara
Favorite Food Rice Biryani
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Surendra Kc is Actor, Comedian. He was born on 27th May in KAthmandu. His horoscope is Gemini. His marital status is Single. His height is 5 feet 9 inches. His favorite color is Green / Red, favorite movie is Balidaan, favorite music is Soche jasto hunna jivan.., favorite food is Rice Biryani, favorite place is Pokhara.

हाँस्य व्यङग्यमाको फाँटमा परिचित नाम हो सुरेन्द्र केसी उर्फ मुलाका साग ।उनको जिन्दगीका कति पटक अभिनय यात्रामै बे्रक लाग्यो ।

दुई पटक अभिनयलाई चटक्क छोडेर देशै माया मारेर हिँडे । उनले पटक पटक बाटो बिराए । तर समयले उनलाई सही बाटोमा फर्कायो ।

कलाका पुजारी केसी सानोमा निकै उट्पट्याङ थिए । काठमाडौंको सानेपामा जन्मे हुर्केका केसीसँग कयौं त्यस्ता क्षण छन्, जुन कति भन्न मिल्दैन, कति सुन्दा हाँस उठ्छ, अनि कति त्यस्ता क्षण पनि छन्, जुन सुन्दा पनि दर्द हुन्छ ।

स्कुल जान भनेर घरबाट निष्कने केसीको ठूलै सर्कल थियो । जुन स्कुल पुग्दैन थियो । बाटैमा हराउँथे । ८/१० जना भेला हुन्थे । ऊ बेला बाग्मती फोहोर थिएन । पानी परेर बाग्मतीमा भेल आइरहेको हुन्थ्यो । केसीको समूह बाग्मती पुलमुनीबाट त्यही भेलमा हामफाल्थ्यो र डुबुल्की मार्दै चोभोरमा पुगेर निष्किन्थ्यो । समूहका एक दुई जना भने लुगा बोकेर चोभार पुग्थ्यो । यो उनीहरुका लागि दैनिकी जस्तै थियो । झाडीमा किताब लुकाउने र बाग्मतीसँग जिस्किनु नै उनीहरुका लागि प्रिय थियो । नजानेरै अरुलाई दुःख दिनु उनीहरुका लागि आत्मसन्तुष्टि थियो ।

घरको एक्लो छोरो । केसीलाई डाक्टर बनाउने उनका बाबु आमाको चाहना थियो । छोरालाई सँधै राम्रो पढ्न भन्थे । यता एक्लो छोरो केसीको ध्यान भने पढाइमा पटक्कै थिएन । उनी पुलपुलिएका थिए । जे गरे पनि हुन्छ भन्ने लाग्थ्यो । कता कता उनी बिग्रिन थालिसकेका थिए ।

त्यो बेला पांग्रा गुडाउने खेल केटाकेटीबीच लोकप्रिय थियो । उनले पनि पांग्रा बनाएका थिए । झाडीमा किताब लुकाएर पांग्रा गुड्दै गुडाउँदै प्लेन हेर्न एयरपोर्टसम्म पुग्थे । दिनभरी त्यतै टहलिएर साँझ घर फर्किन्थे । पढेर आँए भनेर घरमा ढाँट्थे ।

महिनाको अन्तिमतिर केसीका बाबु छोरोको पढाई बुझ्न विश्व निकेतन स्कुल पुग्थे । केसी महिनामा २० दिन स्कुल नै नजाने । उनका बाबु आगो भएर घर फर्किन्थे । केसीलाई गोरु चुटाई चुट्थे । सयौं पटक उनले बाबुको हातको कुटाई खाए । 

यसको असर एसएलसीमा देखियो । उनको अध्ययन स्तर मध्यम प्रमाणित भयो । डाक्टर बन्ने छाँट देखिएन । केसी प्रवीणता प्रमाणपत्र तहमा शिक्षा शंकायमा महेन्द्ररत्न ताहाचल भर्ना भए । पढाइमा खासै दिलचस्पि थिएन । उनको अध्ययन यहीँ फुलस्टप लाग्यो । छोरोलाई डाक्टर भएको हेर्ने बाबु आमाको सपनामा उनले नुनचुक छरे ।

सुरेन्द्रलाई कलाकार हुने रहर थियो । उनी गीत गाउँथे । उनको स्वर साथीभाइले मन पाराउँथे । गीत गाउन सक्छस् भन्थे । 

उनले गायक अरुण थापालाई भेटे । पारिवारिक पीडाबाट छट्पटिएर हिँडेका उनको स्वर खुब राम्रो थियो । उनी सँगै गलामा गला मिलाउँदै केसी पनि गीत गाउँथे । अरुणले पनि उनलाई तिम्रो स्वर राम्रो छ भन्थे । अरुण गीत रेकर्ड गर्न रेडियो नेपाल जाँदा उनी पनि सँगै जान्थे ।

अहिलेको जस्तो प्रविधिको जमाना थिएन । गीत लाइभ रेकर्ड गर्नुपथ्र्यो । बाध्यबाधनमा बस्नेहरुले भाउ खोज्थे । एउटालाई फकाए अर्को तर्किने, एउटाले मिलाए अर्काले नियतबश नै बिगारदिने । सबैलाई मिलाएर गीत रेकर्ड गर्न अरुणलाई हप्तौं लागेको देखेरै केसी वाक्क भए ।

केसी कलाकारितामा लागे । विभिन्न चलचित्रमा खेले । त्यो बेला सानो तिनो रोलमा खेल्न पाउनु नै ठूलो बाजि मार्नु थियो । पारिश्रमिक पाउनु त सपनाका कुरा थियो । १६ वर्षको उमेरमा परिवारले सुध्रिन्छ कि भनेर केसीको विवाह गरिदियो । पारिवारिक जिम्मेवारी बढ्दै थियो । तर कमाई थिएन । परिवार सँधै किचकिच गरिरहन्थ्यो । केही टेलिचलचित्र र टीभी एडमा काम गरेका उनलाई जनताले चिन्न थालिसकेका थिए । तर कमाईको स्रोत थिएन । परिवारको दबाब थेग्न सकेनन् । अन्ततः केसी कोरिया गए ।

तन कोरियामा थियो । कलाकारिताले चोरेको मन भने नेपालमै थियो । कोरियाबाट उनी दिनहुँ हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, किरण केसीलाई फोन गर्थे । किरण केसीसँग उनको खुब कुरा मिल्थ्यो । मह जोडीले फ्ल्मि नामक चलचित्र बनाइरहेका थिए । किरण केसीले फोनमा सुटिङ गरेको, त्यसमा अभिनय गरेको कुरा गर्थे । केसीलाई त्यो सुनेर खपिनसक्नुहुन्थ्यो ।

मोटो रकम खर्चिएर गएका केसी कोरियामा बस्न सकेनन् । उनी ५ महिनामै प्लेन चढे । नेपाल फर्किए । कलाकारिताले उनलाई नेपाल फर्कायो । उनले गएको पैसा पनि कमाउन सकेनन् । कलाकारिता गर्न त फर्किए तर आएको एक वर्षसम्म उनी यत्तिकै हल्लिर बसे । कसैले बोलाएन । उनी निराश भए ।

एक वर्षपछि मह जोडीले लालपूर्जा निर्माण गर्यो । त्यसमा उनले खेले । महजोडीले निर्माण गरेका एउटा बाहेक सबै टेलीचलचित्रमा उनले अभिनय गरेका छन् । महजोडीले केसीलाइ संधै माया गरे । संधै आफ्नो टेलिचलचित्रमा मौका दिए ।

केसीले खेलेको पहिलो टेलिचलचित्र ‘झ्यामकलीको घरसंसार’ हो । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको यसमा उनले सामान्य रोल पाए । यसबाट उनले तीन किस्तामा ५ सय पारिश्रमिक पाए । अभिनय गरेर कमाएको त्यो उनको पहिलो कमाई थियो । त्यो पैसा मैले कसैलाई दिएनन् । बरु लुकाएर राखे । सुटिङमा जान गाडी चढ्न र खाजा खान लुकाए । र त्यसै गरे । परिवारले अभिनय गरेर केही हुँदैन भनेर उनलाई पैसा दिँदैनथ्यो । उनी हिँडेरै सुटिङस्थल पुग्थे ।

उनलाई दर्शकले चिनेको दुस्मन टेलिचलचित्रबाट हो । दुस्मनमा उनले सहनायकको रोल गरेको थिए । नायकमा पदम बानियाँ थिए । रेस आचार्यले निर्देशन गरेको त्यो टेलिचलचित्र १२ भागको थियो ।
स्वास्थ्य मन्त्रालयले बनाएको एउटा चलचित्र थियो । त्यसमा मिथिला शर्मा, टिका पहाडी मुख्य भूमिकामा थिए । सुटिङ स्थल गोदावरीको गोदाम चौर थियो । विष्णु शर्मा निर्देशक थिए । केसीले त्यसमा दर्जीको रोल पाएका थिए । बिहान बसमा झुण्डिएर सुटिङ गर्न गए । दर्जीको रोल गरे । त्यो राम्रै रोल थियो ।

चलचित्र बाक्लै रुपमा बन्न थालिसकेका थिए । केसीले त्यही समय निर्देशक उद्धव पौडेललाई भेटे । पौडेलसँगको चिनजानपछि निर्देशक शम्भू प्रधानसँग भेट भयो । शम्भू प्रधानले एउटा चलचित्रमा सहायक नायकको रोलमा खेलाए । उनलाई अलकिति आशा पालायो ।

गोपिकृष्ण, परिवार, अर्पणलगायतका चलचित्रमा उनले अभिनय गर्न थाले । यी चलचित्रमा काम गरेपछि उनलाई विजय भएजस्तो लाग्यो । बाटो हिँड्ने मान्छेले पनि चिन्न थाले । संसार जित्न थालेजस्तो लाग्यो । तर भित्री पीडा भने छंदै थियो । पारिश्रमिक एक रुपैयाँ पनि पाउँदैनथे । त्यो बेलासम्म मुख्य रोलमा काम गर्नेले मात्रै पारिश्रमिक पाउँथे । अरुका लागि अभिनय गर्न पाउनु नै पारिश्रमिक थियो ।
अर्जुन श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, भुवन केसी, शिव श्रेष्ठ त्यो बेलाका लोकप्रिय नायक थिए । अर्जुन श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र केसी मिल्थे पनि । त्यो बेलाका चलेका निर्देशकमा रेश आचार्य, शम्भु प्रधान, उद्धव उदव पौडेल, अशोक शर्मा थिए ।

त्यो बेला अहिलेको जस्तो व्यवसायिकता थिएन । निर्देशक निर्मातालाई आफ्नो पक्षमा पार्न सक्ने नै नायक हुने अवस्था थियो । कति त्यसरी नै नायक भए । निर्देशक निर्मातालाई प्रभावित पार्न रेष्टुरेन्टमा लगेर खुवाउने गरेको केसीलाई थाहा थियो । उनी पनि कुनै नायकभन्दा कम थिएनन् । राम्रो अभिनय गर्न सक्थे । ‘बडी स्ट्रक्चर’ पनि राम्रो थियो । तर, उनको कमजोर आर्थिक अस्थाकै कारण हिरो हुन सकेनन् । निर्देशक निर्माताले हिरो बनाएनन् ।

तर अशोक शर्माले भने केसीको अभिनय क्षमतालाई सँधै कदर गरे । उनले सँधै राम्रो रोल दिए । शर्माले उनले गरिबमा हिरो बनाए । ५ जनाको मुख्य रोल रहेको गरिबमा ५ जना मध्ये एक जना केसी छन् । सीतामा मेन क्यारेक्टर नै उनले गरेका छन् ।

चलचित्रमा उनले राम्रै ‘रोल’ पाइरहेका थिए । दर्शकको मनमस्तिष्कमा बस्न थालिसकेका थिए । तर पारिश्रमिकको उही समस्या । चलचित्र त पाउन थाले पारिश्रमिक पाउँदै नपाउने । पाए पनि त्यो निकै न्यून हुन्थ्यो । छोराछोरी जन्मिसकेका थिए । उनीहरुलाई पढाउनुपर्ने जिम्मेवारी उनको काँधमा आयो । आम्दानी भने थिएन ।

उनमा पारिवारिक जिम्मेवारी बढ्न थालेपछि फेरि नेपाल छोडे । कलाकारिता छोडे, कोरिया गए । कोरिया गए पनि उनको मन भने नेपालमै हुन्थ्यो । सुटिङ गर्दाका क्षण झलझल्ति आउथें । तर उनी यो पटक भने अघिल्लोपटक जस्तो बीचमै फर्किएनन् । केसी त्यहाँ कडा परिश्रम गर्थे । दुई वर्षसम्म उनले हाड घोटे । यो पटक भने उनले राम्रो कमाए । झुप्रो घर भत्काएर नयाँ पक्कि घर बनाए । छोरा छोरी पढाए । छोरा छोरीले राम्रो मेहनत गरेर पढे । बेलैमा आ–आफ्नो बाटो समाए । अहिले उनको छोरो अष्ट्रेलियामा छन् । छोरी लण्डनमा छन् ।

कोरियाबाट नेपाल फर्किएर उनी बसिरहेका थिए । उनका मिल्ने साथी दमनले एक दिन फोन गरे । आफूले मेरी बास्सै नामक हाँस्य टेलिचलचित्र बनाउन लागेको भन्दै खेल्न आग्रह गरे । उनले पनि हुन्छ भने । 

No information available.