Sushil Pokharel Verified by kalakar

Sushil Pokharel
Share this Kalakar:

Biography last updated: 19th Sep, 2017

Facts of Sushil Pokharel

Profession Actor, Song Writer
Birthday 28th February
Horoscope Pisces
Rashi NA
Birth Place Lamatar, lalitpur
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 5 inches (1.65m)
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color Red
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Sushil Pokharel is Actor, Song Writer. He was born on 28th February in Lamatar, lalitpur. His horoscope is Pisces. His marital status is Married. His height is 5 feet 5 inches. His favorite color is Red. He has recently been involved in movie Radhe.

 नेपाली चलचित्र उधोगमा एक सफल चलचित्र कलाकारको रुपमा परिचित नाम हो सुशिल पोखरेल । टेलिभिजनका पर्दाहरुमा देख्ने वित्तिकै धेरैैले नामले भन्दा बढि भिलेनको भूमिकामा खेल्ने कलाकार भनेर सहजै चिन्छन । बागमती अञ्चल ललितपुर जिल्ला, तत्कालिन लामाटार गाउँ पञ्चायत वडा नं ७, अर्थात हालको परिवर्तित राज्य संरचनाको सन्दर्भमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं ९, भालटारमा वि.सं २०२२ साल फागुन १७ गते माता शान्तीदेवी पोखरेल र पिता ऋषिराम पोखरेलको कोखवाट जन्मिएका उनी वाल्यवस्थामा सोझो, असाध्य लाज मान्ने प्रवृत्तिका थिए । उनका दाई राजेन्द्र पोखरेल अनि बहिनी कल्याणी पोखरेल , श्रीमती गंगा आचार्य पोखरेल (शिक्षण पेशामा कार्यरत), र उनका दुई छोरीहरु सुगम पोखरेल र सरगम पोखरेल छन ।

     उनको वुवा तत्कालिन भुमि प्रशासन कार्यलयका सेक्सन अफिसर थीए । वुवाको कार्यलय जताजता सरुवा हुन्थ्यो उनको पढाइ पनी त्यतातीर नै हुने गर्दथ्यो । उनले कक्षा नर्सरी जनकपुरको चुरोट कारखानाको अगाडी रहेको कन्या माविमा पढे । त्यसपछि उनको वुवाको विराटनगरमा सरुवा भयो । जहाँ पहिले त्यो स्थानमा एयरपोर्ट थियो उक्त स्थानमा रहेको आदर्श शिशु शिक्षा निकेतनमा केजीमा भर्ना भए । त्यसपछि जन्मस्थानमा आएर महालक्ष्मी मावि लुवुमा २ कक्षा सम्म अध्ययन गरे । महालक्ष्मी माविमा ३ कक्षामा अध्ययन गर्दागर्दै उनको वुवाको फेरी वीरगंज सरुवा भयो । वीरगंजस्थित श्री माईस्थान विद्यापिठमा  ३ कक्षामा नै भर्ना भए त्यहाँ उनले कक्षा ३, ४ पढे कक्षा ५ पढ्दा पढ्दै फेरी उनको वुवाको काठमाण्डौंमा सरुवा भयो, यहाँ आएर विश्वनिकेतन मावि त्रिपुरेश्वरमा कक्षा ५ मा भर्ना भए । विश्वनिकेतन माविमा कक्षा ५,र ६ अध्ययन गरे । फेरी कक्षा ७ भने बालाजुस्थित तरुण निमावि हालको उमाविमा अध्ययन गरे ।

तरुणमा ७ कक्षा सम्म मात्र भएकोले फेरी ८ कक्षाका लागि भानु मावि दरवार हाइ स्कुलमा भर्ना भए । दरवार हाइ स्कुल रानीपोखरीवाट वि.सं. २०३८ सालमा एस.एल.सि उत्तिर्ण गरे । उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा भर्ना भए र  वि.सं. २०४२ सालमा आइ.एस.सी उत्तिर्ण गरे । व्याचलर पाटन मल्टिपल क्याम्पस पाटनढोकाबाट वि.सं. २०४६ सालमा उत्तिर्ण गरे भने पोलिटिकल साइन्स लिएर एम.ए प्राइभेटबाट गरे । एम.ए मा शोध अध्ययनको विषय छनौट गर्दा सबै जना साथी, शिक्षक,शिक्षिका झस्किएका थिए कारण अहिले सम्म यस्तो फरक विषयमा थेसिस कसैले गरेका थिएनन । उनको शोध अध्ययनको विषय “नेपालको राजनीतिक बिकासक्रममा चलचित्रको भुमिका” थियो । नेपालमा यो बिषयमा थेसिस गर्ने पहिलो व्यक्ति नै  सुशिल पोखरेल हुन ।

        वाल्यवस्थामा २÷४ जनाको भिडमा उभिदा समेत लजाउने उनी रानीपोखरीको दरवार हाइ स्कुलमा पढ्दा हाफटाइममा रानीपोखरी, विश्वज्योती हल, राष्ट्रिय नाच घर ,घण्टाघर हुँदै खुल्लामञ्चमा चटकेले देखाउने चटक हेरेर स्कुल पुग्दथे । उनी सानोमा फिल्म अत्यधिक हेर्दथे । उनी भन्छन— “म एउटै थलोमा बसेर ३ वटा सम्म फिल्म लगातार हेर्ने गर्थें । त्यति बेलाका सबै फिल्महरु हिन्दी र अंग्रेजी मात्रै हुन्थे । त्योबेला नेपाली फिल्म निर्माण एकदम सुस्त गतिमा हुन्थ्यो । त्यसैताका दुई नेपाली चलचित्र बि.एस. थापाको कान्छी र हेम लामाको आदर्श नारी एकै दिन रिलिज भएको थियो । त्यो दिन म क्याम्पसमा प्राक्टिीकल क्लास सकेर दाईलाई भेटेर सिधै बिश्वज्योति सिनेमा हलमा १२ बजेको टिकटको लाईनमा बस्न पुगें । टिकट दिने झ्यालमा पुग्ने बेलामा टिकट सकियो । अनि त्यो लाईनबाट हट्दै नहटी ३ बजेको शोकोलागि निरन्तर हामी त्यही लाईनमा बसेर टिकट लिएर कान्छी हे¥यौं ।” उनी अझै थप्छन— “कान्छी हेरेर शो सकिनासाथ हामी दायाँ बायाँ कतै नहेरी दौडादौड गरेर सिधै रञ्जना हल न्युरोडमा पुग्यौ ६ बजेको शो मा आदर्श नारी हेर्नको लागि । त्यहाँ टिकट सकिएर हलको कम्पाउण्ड भरी मानिसको भिड मात्रै थियो र भिडको बीचबीचमा टिकट ब्ल्याक गर्नेहरु मनपरी मुल्य लिएर टिकट बेचिरहेका थिए । मुल्यको परवाह नगरी मानिसहरु त्यो पनि किनिरहेका थिए । हाम्रो पनि ब्ल्याकसँग टिकटकिन्ने देखि बाहेक अर्को बिकल्प थिएन । नेपाली फिल्म भएकोले कुनैपनि हालतमा पहिलो दिन हेर्नै पर्ने स्वभावका कारण हामीले टिकटको वास्तविक मुल्य भन्दा धेरै गुणा बढी मुल्य तिरेर टिकट लियोै, त्यो पनि सेकेण्ड क्लासको । एक रुपैयाँ ७० पैसाको ३ वटा टिकटलाई हामीले १८० रुपैया तिरेर किन्यौं अनि रमाउँदै रमाउँदै हल भित्र पस्यौं । तर भित्र बस्ने सिट थिएन । त्यो दिन सिट बिना नै उभिएरै नेपाली चलचित्र आदर्श नारी हे¥यौं हामीले अनि चलचित्र हेरिसकेर न्युरोड देखि लगनखेल महालक्ष्मीस्थान सँगै ताल्छीखेलमा रहेको डेरासम्म फिल्मको बारेमा गफगर्दै गर्दै हिडेरै गयौं । चलचित्र हेर्नकोलागि यस्तो बहुलठ्ठीपन त धेरै गरियो । तर चलचित्रमा अभिनय गर्न पाए पनि हुन्थ्यो भन्ने चाहीं कहिल्यै लागेन ।”

घुमफिर गर्नेक्रममा रत्नपार्कको रुखहरुमा नाच घरमा चलेका नाटकहरुको हातैले बनाएर टाँसेको पोस्टर, व्यानर देख्दथे, फेरी दिउँसो नाचघरमा जाँदा व्यानरमा देखेको मान्छे जिवितै देखेर चकित पर्दथे । पोस्टर, व्यानरमा देखेको कलाकारप्रति धेरै नै आदार, श्रद्धाभाव व्यक्त गर्दथे । कलाकार भनेको ठुला मान्छे हुन, भनेर एक प्रकारको इज्जत, मोह मनमा उत्पन्न भएर विश्लेषण गर्दथे । जीवनमा केहि गर्नु छ भने यस्तो काम पो गर्नु न चिन्नु जान्नु, न नातागोता तरपनी सबैले मानसम्मान दिने यस्तो क्षेत्रमा पो लाग्नु उपयुक्त भन्ठानेर एक प्रकारको भावना उत्पन्न भयो त्यो भावना नै कलाकारीता क्षेत्रमा लाग्ने उनको प्रेरणाको स्रोत बन्यो । २०४२ सालमा लामाटार गाउँमै आइ.एस.सी सकेर बसेको ता का उनकै निर्देशनमा नाटक गरे । नाटकको नाम थियो “राँको” । सेन्सरको लागि अफिसमा पुगेर नाटकको नाम सुन्नसाथ तत्कालिन अञ्चलाधिस कार्यालयका सम्बन्धित कर्मचारी कड्किहाले अनि पछि आउनु भनेर पठाए । निकै ठाउँमा रातो मसीले चिन्ह लगाएर लामो समय पछि स्किृप्ट हात परेपछि दशैं वा तिहारमा प्रदर्शन गर्ने भनेर लक्ष्य राखिएको त्यो नाटक २०४२ साल फाल्गुण ७ गते, हालको महालक्ष्मी नगरपालिका, ९ नं वडा कार्यालय, लामाटारको प्रागंणमा प्रस्तुत गरियो ।  जसमा कोहिले खाट, कोहिले तन्ना, कोहिले लाल्टिन नानाथरी बोकेर ल्याए र फिल्मी शैलीमा नाटक गरे । भोलीपल्ट नाटक हेरिसकेपछि गाउँका काका, दाई , साथीभाईले यस्तो राम्रो नाटक गर्ने मान्छे यो क्षेत्रमा लागेर केहि गर्न पर्छ भनेर हौसला दिए । सबैले उनकोे काम प्रति जुन प्रतिक्रिया दिए त्यो नै उनी भित्रको कलाकारिता प्रतिको श्रद्धाभावलाई उक्साएर उनलार्ई कलाकार बन्न अभिप्रेरित गर्ने बलियो आधार थियो ।

        हिमालयन कल्चर एसोसियसनले अभिनयको प्रशिक्षण दिंदैछ भन्ने एउटा पोष्टर देखे । उनका नाताले भान्जा पर्ने शिवजी न्यौपाने र उनी दुवै जना मिलेर उनको दाइको आर्थिक सहयोगमा प्रशिक्षणमा सहभागिता जनाउनका लागि पुतलीसडक स्थित हिमालयन कल्चर एसोसियसनमा गए तर त्यहाँ डाइरेक्टर हुनुपर्ने लगायतका नयाँ नयाँ प्रावधान निकालेकोले अन्यौलमा परे । त्यहि बेला गोरखापत्रमा दि नेपाल थ्रीयटर लाजिम्पाटमा अभिनय प्रशिक्षणको कक्षा सुरु हुन लागेको सम्बन्धी सुचना प्राप्त गरेपछि प्रशिक्षक हरिहर शर्मालाई भटे र उनी सँगै १८ जना एकै साथ भर्ना भए । अभिनयको तालिम एकवर्ष पुरा भएसँगै यता अध्ययनमा वि.ए पनी पुरा गरे । वि.सं. २०४५ सालमा दि नेपाल थ्रीयटरबाट तालिम पुरा भई निस्कने बेलामा नेपाल प्रज्ञा प्रतिष्ठानले बर्षेनी आयोजना गर्ने नाटक महोत्सवमा सबै साथीको सल्लाहमा उनकै निर्देशनमा नाटकमा अभिनयको भुमिकामा समेत रहि सहभागिता जनाए । नाटक महोत्सवमा सर्वोत्कृष्ठ नाटक निर्देशक र अभिनयको पुरस्कार प्रप्त गरे । उनको राम्रो प्रतिभा र कला देखेर धेरैले हौसला दिनुका साथै आफ्नो समुहमा आउनका लागि आग्रह गरे सोहि बमोजिम रङ्ग स्रष्टा काठमाण्डौंमा आबद्ध भएर रङ्गकर्म सुरु गरे । त्यससँगै उमेशनाथ अर्यालको लेखन निर्देशनमा “आकाश पनी चुक्छ” टेलिसिरियलमा चार भागसम्म काम गरे । वि.सं. २०५० सालमा उनको विवाह गंगा आचार्य पोखरेलसँग भयो र वैशाख २२ गते विवाहपछिको दुलन फर्काउने दिनमा ठुलो पर्दाको फिल्म ज्वालाको शुभमुहुर्त थियो तर उनी वैवाहिक क्रियाकलापमा भएकाले फिल्म ज्वालाको शुभमुहुर्तमा सहभागि हुन पाएनन तर पछि सुटिङमा गए । पछि अन्य अन्य फिल्ममा अभिनय गर्दै गए ।

      नाटक बाट भिडियो फिल्म, भिडियोबाट टेलिफिल्म र टेलिफिल्मबाट सेलुल्वाईड चलचित्र अनि क्रमसः डिजिटल सम्मको यात्रा निरन्तर चालु छ । अहिले सम्म १५० भन्दा बढि ठुलो पर्दाको फिल्ममा अभिनय गरिसकेका उनी आजभोली पनी उत्तिकै व्यस्त छन । उनलाई नकारात्मक भुमिकामा फिल्ममा अभिनय गरेको धेरैले अब्वल भुमिका गरेको भनेर प्रशंसा गर्दछन । नकारात्मक भुमिका, भिलेन अथवा गुण्डाको भुमिकामा फिल्ममा खेल्दा समाजमा यस्ता प्रवृत्तीका व्यक्ति पनी हुन्छन कसरी सजग र चनाखो रहने भनेर शिक्षा लिनुको साटो नकारात्मक दिृष्टिले हेर्नु दुखदायि भएको उनी बताउँछन ।  उनी भन्छन—“ जुन देशमा शैक्षिक जनस्तर कम हुन्छ, त्यो देशमा बुझ्ने शैली फरक हुने गर्दछ । मैलेपनी कतिपय ठाउँमा नकारात्मक भुमिकामा फिल्ममा देखिने कलाकार साँच्चिकै बदमास हुन्छन, नराम्रा हुन्छन भनेर हेरको पाएको छु ।” पहिलेको तुलनामा यो एउटा फिल्मको चरित्र मात्र हो भनेर बुझ्दै आएको उनी बताउँछन । अब उनीद्धारा अभिनित चलचित्र विरङ्गना, एकलव्य लगायतका धेरै चलचित्रहरु प्रदर्शनमा आउँदैछन । अभिनयको अलवा चलचित्र लेखन, अभिनयको प्रशिक्षण र समाजसेवामा समेत आवद्ध छन ।

No information available.

Sushil Pokharel Movies

View All