Upendra Timilsina Verified by kalakar

Upendra Timilsina
Share this Kalakar:

Biography last updated: 24th Sep, 2017

Facts of Upendra Timilsina

Profession Actor, Director, Song Writer
Birthday 9th July
Horoscope Cancer
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 1 inches (1.55m)
Weight NA
Favorite Movie All Nepali Movies
Favorite Music All Music
Favorite Color Blue
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Upendra Timilsina is Actor, Director, Song Writer. He was born on 9th July in Kathmandu. His horoscope is Cancer. His marital status is Married. His height is 5 feet 1 inches. His favorite color is Blue, favorite movie is All Nepali Movies, favorite music is All Music.

 “सोविते” भनेर चिनिने उपेन्द्र तिमिल्सिना अभिनय, लेखन, निर्देशनमा राम्रो छवि वनाइसकेका कलाकार हुन । उनी नेपाली समाजका विम्व जस्तै हुन किन भने उनका अभिनय, सिर्जना नेपाली समाजमा जस्तो भोगाई हुन्छ त्यस्तै अभिनय हुन्छ र जिवन्त बन्दछ ।

      उनको जन्म गोठाटार—४, काठमाण्डौं हाल कागेश्वरी मनोहरा  नगरपालिका,८ मा वि.सं. २०३१ साल असार २५ गते भएको हो । जन्मभुमिमै जन्मेका, हुर्केका र बढेका उनी वाल्यवस्थामा सोझो स्वभाबका थिए । गाउँ नजिकै रहेको तेज विनायक माध्यमिक विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरे त्यसपछि गान्धि आदर्श माध्यमिक विद्यालयबाट एस.एल.सि उत्तिर्ण गरे । गाउँघरमा हुने मेलापर्व, नाचगानमा त्यत्ति रुचि राख्दैनथिए । विद्यालयतहमा पनी नाचगानका कार्यक्रम हुँदैनथे, कार्यक्रममा सहभागि हुन मन पनी गर्दैनथिए । यो क्षेत्रतिर आकर्षण सानोमा खासै नभएपनी कहिलेकाहिं टि.भि हेर्दा अभिनयतर्फ चाहि लाग्ने मन हुन्थ्यो ।

आर.आर कलेज पढ्दा देखि चाहिं यो क्षेत्रमा लाग्ने रहर पुरा हुने सङकेत देखियो । यो क्षेत्रमा लाग्दा एउटा अचम्मको कथा जस्तो छ—२०४९ सालमा एकजना  उनको साथी थिए जो ल क्याम्पस पढदथे उनी आर.आर कलेजमा ।

साथीको आफन्त पर्ने एकजनाले भक्तपुरमा नाटकको रियलसल गराइरहेको ठाउँमा  उनका साथीले पनी नाटकमा भाग लिएकोले साथी जाउँ हेर्न पनी हुन्छ भनेर आग्रह गरे । जमलको नाचघरमा देखाइने नाटकको रियलसल भनेपछि उनी पनी ल जाउँ भनेर तीन बजेको क्याम्पस छुट्टि भएपछि भक्तपुरको कमलविनायकमा चार बजे दुवैजना पुगे । लगातार चारदिन रियलसल हेरेपछि उनलाई पनी नाटक खेल्ने रहर जाग्यो र बाटोमा जाँदा साथीलाइ भने मलाइ पनी एउटा रोल दिएनी हुन्थ्यो भने साथीले पनी डाइरेक्टरसँग कुरा गरे । डाइरेक्टरले एउटा केहि बोलेर देखाउन भनेपछि उनले केहि बोले र नाटकको लागि फिट हुन्छ भनेर पहिले नै सहनायकको भुमिका दिए । वि.सं.२०५० साल बैशाख १ गते नाचघरमा “प्रेमयुद्ध” नामक नाटकमा इन्सपेक्टरको भुमिकामा खेले । 

     सुरुवात यसरी भएको यो क्षेत्रमा विस्तारै एक दुइवटा अन्य नाटकहरुमा पनी भाग लिए । वि.सं.२०५३ सालतीर एकजना गाउँकै साथीले उनको मामाघर नजिकै गोठाटारमा टेलिफिल्मका लागि सुटिङ्ग गरेको थाहा पाए । मामाघर नजिकै सुटिङ्ग गर्नेहरु आउँदा उनी एसो भन्छन—“ म पनी नाटक खेलिसकेको मान्छे फिल्म खेल्न त सक्छु भन्ने लागेर टेलिफिल्मका डाइरेक्टर कृष्ण चापागाइसँग भेटेर प्रस्ताव राखे र टेलिफिल्मका टोलीले पनी हुन्छ भनेर “निशा” टेलिफिल्ममा गाउँले रोलमा तीन भागसम्म अभिनय गरे । त्यसपछि फाट्टफुट्ट केहि नाटक र टेलिफिल्ममा काम गरे । डाइरेक्टर चापागाइ बद्रि अधिकारीको चिफ असिसटेन्ट गर्दथे । उनलाई बद्रि अधिकारी को होलान देख्न पाए र भेटन पाए हुन्थ्यो भन्ने लाग्यो । डाइरेक्टर चापागाइले बद्रि अधिकारीसँग भेट गराइदिए पनी । वि.सं.२०५३ सालतीर बद्रि अधिकारीले एउटा उपन्यास दिए अविरल बग्दछ इन्द्रावती । यो उपन्यासको राम्रो टेलिफिल्म बन्छ भनेर अधिकारीले उनलाई सुझाए । त्यो उपन्यासको प्रपोजल बोकेर टेलिभिजन धाए तर बल्लबल्ल धेरै संघर्षपछि करिब २ बर्षपछि ०५५ सालमा त्यसले साकार रुप पायो र उनै निर्माता भएर बनाइएको टेलिफिल्म “अविरल बग्दछ इन्द्रावती” प्रसारण भयो । जसमा उनी सोविते नामले परिचित भए ।

“अविरल बग्दछ इन्द्रावती” प्रसारण भएपछि दर्शकको अत्यधिक माया र रुचिमा पर्न सफल भयो । ४३ भाग पुगेर टेलिफिल्म रोकियो । त्यससँगसँगै उनले प्राय बद्रि अधिकारीको फिल्ममा चिफ असिसटेन्ट भएर काम पनी गर्दथे । कतिपय भेटने शुभचिन्तकहरुले “अविरल बग्दछ इन्द्रावती” किन आधि मै छोडेको भनेर गुनासो गर्दथे , त्यहि कुरालाई मध्यनजर गरेर उनले फिल्म बनाउने निर्णय गरेर फिल्मको नाम इन्द्रावती मात्र राखे । बद्रि अधिकारीको निर्देशन रहेको उक्त चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, विपना थापा , अविरल बग्दछ इन्द्रावतीकै कलाकारहरु राखेर फिल्म प्रदर्शन भयो । क्रमश आवाज, जनयुद्ध, माइला, पिस्कर, संकल्प, रिलेसन फिल्ममा अभिनय गरे । टेलिभिजनमा जीवनचक्र, भोगाइ, भरोसा, आशा, पुरस्कार, परिवर्तन, प्रतिष्ठा, गर्व, क्र्रान्ति भुमि, मुग्लानको सपना, खोतलखातल लगायतका थुप्रै टेलिफिल्ममा डाइरेक्टर भएर काम गरे । 

    पछिल्लो समयमा पाँचबर्ष अघिदेखि  नेपालटेलिभिजन र कृषि सुचना तथा सञ्चार केन्द्रविच सम्झौतामा प्रसारण भैरहेको “भरोसा” नामक टेलिश्रृङखलामा लेखन तथा निर्देशन गरिरहेका छन । यसैक्रममा “आर्या” नामक फिल्म उनको निर्माण तथा निर्देशनमा आउँदैछ । आजकाल उनी लेखन तथा निर्देशनमा व्यस्त छन ।

 

No information available.