Timi Royeko Pal | AISHWARYA | Ramesh Upreti/Dipika Prasai

11 Aug, 2017 / 0

TIMI ROYEKO PAL... (OST....AISHWARYA)
Singer: Sugam Pokhrel/Anju Panta
Lyrics/Music: Arjun Pokharel
Choreographer: Tenju Yonjan & Anjeela Khatri
Movie : AISHWARYA


Timi Royeko Pal Female
Ncell : 70146079
Smart : 30110245
NTC : 0727146

Timi Royeko Pal Male
Ncell :70146080
Smart :30110246
NTC :0727147

Timi Royeko Pal Antara
Ncell :70146078
Smart :30110247
NTC :0727148

Timi Royeko Pal Duet
Ncell :70146154
Smart :30110251
NTC :0731816

तिमी रोएको पल तिमीलाई, 
हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु। 
मृत्युको कुनै पल तिमीलाई, 
बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। 
यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी ,
 सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला 
तर मायाले जीवन भरी दिन सक्छु । 
म त तिमी संगै नै..... 
काहं हुन्छ र धनको माया धनी, 
मनको माया पो हुन्छ मनकारी। 
मनको आँखा खोली मलाई माया गर,
 म राख्छु तिमीलाइ सधै खुशी पारी । 
झरी परेको पल तिमीलाई 
,ओत लाउन नसकुला 
तर तिमीसंग म रुझिदिन सक्छु।
 मृत्युको कुनै पल तिमीलाई ,
बचाउन नसकुला
 तर तिमी संग म मरिदिन सक्छु। 
काहं हुन्छ र सधै जित मात्र,
 हार पनि त सहनुपर्छ 
जिवनको हरेक पलहरुमा संग संगै रहनु पर्छ।
 तिमी हारेको पल तिमीलाई जिताउन नसकुला
 तर तिमी संगै म हारिदिन सक्छु। 
मृत्युको कुनै पल तिमीलाई, 
बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। 
यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , 
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला 
तर मायाले जीवन भरी दिन सक्छु । 
म त तिमी संगै नै.....

Leave a Comment


Comment using Facebook